पुल्चोकमा ज्ञानेन्द्र शाहीको पत्रकार सम्मेलनमा हात हालाहाल, पर्यटनमन्त्रीले नै हातपात गर्न लगाएकाे आराेप

भाद्र २९, काठमाडौं । संस्कृति तथा पर्यटन मन्त्री योगेश भट्टराई माथि विमानभित्रै गाली गलौजमा उत्रिएका भ्रष्टाचार विरोधी अभियानका ज्ञानेन्द्र शाहीले आयोजना गरेको पत्रकार सम्मेलनमा हात हालाहाल भएको छ । 

नेपालगञ्ज विमानस्थलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका कारण विमान उडान एक घण्टा ढिलो भएको भन्दै सोहि विषयलाई लिएर गरिएको पत्रकार सम्मेलनमा हात हालाहाल भएको हो । 

शाहीले शनिबार साँझ नेपालगञ्ज विमानस्थलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भट्टराईका कारण विमान उडान एक घण्टा ढिलो भएको भन्दै मन्त्री भट्टराईविरुद्ध प्रदर्शन गरेका थिए । 

पत्रकार सम्मेलनमा पुगेको एक समूहले उनीमाथि प्रश्न गरेका थिए । प्रश्नमाथि प्रश्न गरेपछि शाहीका सहयोगीले रोक्न खोज्ने क्रममा हात हालाहाल भएको हो । प्रहरीले शाहीको पत्रकार सम्मेलनमा हुलहुज्जत भएपछि सुरक्षाका लागि उनलाई नियन्त्रणमा लिएर परिसर ललितपुर लगेको छ । 

पत्रकार सम्मेलनमा झडपकोस्थिति बनेपछि शाहीलाई सुरक्षित रूपमा परिसर लगिएको परिसरका डीएसपी देवेन्द्र पाण्डेले बताए । ‘पत्रकार सम्मेलनमै झडपको स्थिति भएपछि उहाँ (ज्ञानेन्द्र शाही) कबो सुरक्षाका लागि परिसर लगेका हौँ’ उनले भने ।  

शाहीका समर्थकले उनलाइ प्रहरीले सुरक्षाका नाममा नभइ जवरजस्ती पक्राउ गरेर लगेकाे बताउँदै समर्थकलाइ ५ बजे माइतिघर मण्डलामा भेला हुन भनेका छन् । उनीहरूले राज्यले नै मान्छेहरू लगाएर शाही माथि हातपात गरेकाे, पत्रकार माथि हातपात गरेकाे भन्दै पर्यटनमन्त्री याेगेश भट्टराइले नै माफि माग्नुपर्ने माग गरेका छन् । शाहीका सहयाेगीले मन्त्री भट्टराइकाे नामै लिएर नेकपाका मान्छेहरूले हातपात गरेकाे दावि गरेका छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *