७० वर्ष भन्दा माथिका नागरिकले हवाई यात्रा गर्दा पाउने भए ५० प्रतिशत छुट
मकालु खबर
२०७६ भदौ ९ गते
भाद्र ९, काठमाडौँ । सरकारले अब ७० वर्ष माथिका ज्येष्ठ नागरिकले हवाईमा यात्रा गर्दा भाडामा ५० प्रतिशत छुट दिने भएको छ ।
सोमबार मन्त्रालयमा पर्यटनमन्त्री योगेश भट्टराईले पत्रकार सम्मेलन गरी ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेका हुन् ।
साथै उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र सम्माननीय उपाधि पाएकालाई मात्र सवारी साधनसहित प्रवेश दिइने बताएका छन् ।
राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुखले सम्माननीय भनेर सम्बोधन गरिन्छ ।
मकालु खबर
२०७६ भदौ ९ गते
प्रतिक्रिया
सम्बन्धित