बुढीगंगामा निशुल्क आँखा शिविर

असोज २८, दुहवी(उस) । मोरङको बुढीगंगा २ स्थित वौराहको मधुग्राम विद्यालयमा २१३ जनाको निशुल्क आँखा जाँच गरिएको छ । 

अनेम संघ प्रदेश प्रदेश कमिटिको आयोजनामा शुक्रवार भएको निशुल्क आँखा जाँच शिविरमा ४३ जनामा मोतियाबिन्दु भेटिएको थियो । बिराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा भएको आँखा जाँच शिविरमा ४३ जना मोतियाविन्दु भएकाहरुलाई निशुल्क अपरेशन गर्ने आयोजकले जनाएको छ । 

निशुल्क आँखा जाँच शिविरमा मा प्रमुख अतिथि संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित रहेका थिए । कार्यक्रममाथी नेकपाका युवा महिला नेतृ रिता न्यौपानेले प्रकास पारेका थिए । स्वागत मन्तव्य बलराम माझीले राखेका थिए । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *