रक्त क्यान्सर पीडित पाँच वर्षीय बालिकाको उपचारमा समस्या

  

 

चैत २९, काठमाडौं । रक्त क्यान्सरबाट पीडित बालिका उर्वसी केसीको खर्च अभावमा उपचारमा समस्या भएको छ । दोलखा चरिकोट गाँउपालिका–५ घर भई हाल काठमाडौं मनमैजुमा बसोवास गरिरहेकी पाँच वर्षीय बालिकाको उपचारमा लाग्ने खर्चको जोहो नहुँदा समस्या भएको परिवारले जनाएको छ । 

null

शुक्रबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै बिरामीका आफन्तले हालसम्म ३ लाख खर्च भईसकेको र आफुहरुसँग बाँकी खर्च गर्न सक्ने अवस्था नभएको जनाए । उनीहरुले छोरीको उपचारमा सहयोग गरिदिन आग्रह गरेका छन् । 

हाल कान्ति बाल अस्पतालमा अंकोलोजी बिभागमा उपचार गराईरहेकी उनको उपचारमा २२ लाखसम्म खर्च लाग्ने चिकित्सकहरुले भनिसकेको बालिकाकी आमा उर्मिला केसीले जानकारी गराईन् ।  

रोगको पत्ता लगाउँदैमा र बोनम्यारो तथा रक्त परीक्षणको लागि भारतमा नमुना संकलन पठाउनुपर्ने भएका कारण आफुहरु खर्च धान्न नसक्ने अवस्थामा आईपुगेको आफन्तले पीडा रहेको छ । 

पछिल्लो समय बालिकाको फोक्सो, पेट तथा गाला सुनिँदै आएको र तुरुन्त खर्चको जोहो गर्न सकेमा मात्रै बालिकालाई बचाउन सकिने डाक्टरहरुको भनाई रहेको उनकी आमाले दुःखेसो पोखिन् ।ईमेज एकेडेमी मनमैजुमा पढिरहेको छोराले पनि खर्च अभावकै कारण पढाई बिचैमा छोड्नु परेको बालिकाकी आमाले भक्कानिदै भनिन् । 

छोरीलाई बचाउने इच्छा हुँदा हुँदैपनि खर्च अभावमा उपचार गर्न नसकेको भन्दै उनले सरकार र सम्पुर्ण दाताहरुबाट सहयोगको अपेक्षा गरेको बताईन् । अहिलेसम्म बालिकालाई दुईपटक किमो दिईसकेको र पहिलो किमो लगत्तै बालिकाको कपाल खस्न थालेको उनकी आमाले जनाईन् । 

विरामी बालिकाका बुवा ध्रुव केसी सामान्य जिविकोपार्जनको लागि नयाँ बजारमा सेक्युरिटी गार्डको काम गर्दै आएका छन् । उनले आफ्नी छोरीको उपचारमा सहयोगको लागि दाताहरुमा अनुरोध गरेका छन् । अहिलेसम्म केही व्यक्ति तथा संस्थाहरुले सहयोग गर्ने वचनबद्धता व्यक्त गरेपनि ६० हजारमात्र संकलन हुन सकेको परिवारको भनाई छ । 

उर्मिला केसीको नाममा रहेको ग्लोवल आइ.एम.ई. बैंक मनमैजु शाखाको खाता नम्बर D807010001095 मा रकम जम्मा गरेर बालिकाको जीवनरक्षा गरि दिन परिवारले अपिल गरेको छ । आफ्नो मोबाईल नम्बर 9866401358,9851253216 मा सम्पर्क गरेर बिस्तृत जानकारी लिन सक्नेपनि परिवारले जनाएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *