कोरोना कहर : जर्मनीका अर्थमन्त्रीले गरे आत्महत्या

चैत १७, काठमाडौं । जर्मनीको हेस्से प्रान्तका अर्थमन्त्री थोमस साइफरले आत्महत्या गरेका छन् । उनले शनिबार आत्महत्या गरेका हुन् । 

युरोपलाई केन्द्रविन्दु बनाएर फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट उत्पन्न संकटका कारण साइफरले आत्महत्या गरेको स्थानीय मिडियाहरुले उल्लेख गरेका छन् । ५४ वर्षीय साइफर जर्मनीकी चान्सलर एन्जेला मर्केलको पार्टीका वरिष्ठ नेता थिए ।   

हेस्से प्रान्तमा दुई दशकदेखि राजनीतिमा सक्रिय रहेका उनी करिब १० वर्षदेखि प्रान्तका अर्थमन्त्रीका रुपमा काम गर्दै आएका थिए । कोरोना महामारीबाट उत्पन्न अवस्थाप्रति उनी केही दिनदेखि नै चिन्तित थिए । 

उनको शव रेलको लिकमा भेटिएको थियो । उनले रेलको लिकमै गएर आत्महत्या गरेको स्थानीय मिडियाले उल्लेख गरेका छन् । जर्मनीमा कोरोना भाइरसबाट ४ सय ५० भन्दा बढीको मृत्यु भइसकेको छ भने  ५५ हजारभन्दा बढी संक्रमित भइसकेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *