बौनियाँमा ठुलो धनराशीको नृत्य प्रतियोगीता हुँदै

पुस ५, बौनियाँ । कैलालीको बर्दगोरिया गाउपालिकामा पुस १५ को अवसरमा ठुलो धन राशीको नृत्य प्रतियोगीता हुने भएको छ । स्थानिय ए.डी. युनिट्स डान्स एकेडेमीको आयोजनामा सो प्रतीयोगीताले बिगत का वर्षहरुमा जस्तै यस बर्ष पनी निरन्तरता पाउन लागेको सो डान्स एकेडेमीका सञ्चालक दिनेस पालले जानकारी दिएका छन् । 

पाल बिगत लामो समय देखी सो क्षेत्रमा सक्रिय रुपमा नृत्य विधामा क्रियाशिल रहँदै आएका थिए भने बिगत चार बर्ष देखी पुस १५ को अवसरमा यो प्रतियोगीताको आयोजना गर्दै आइरहेका छन् । तेश्रो संस्करणमा २०७४ सालमा प्रथम पुरस्कार २० हजार रहेको प्रतियोगिताको बिजेताले यस बर्ष नगद ५० हजार पुरस्कार स्वरुप प्राप्त गर्ने उनले बताए । 

यसैगरी दोश्रो र तेश्रो स्थान प्राप्त गर्ने समुह र व्यक्तिले क्रमश नगद रु. २५ हजार र रु. १२ हजार ५ सय पुरस्कार स्वरुप प्राप्त गर्ने उनले जानकारी दिएका छन् । प्रतियोगिता आउन करीब २ हप्ताको समय बाँकी रहँदा उनले प्रचार प्रसार लगायत अन्य तयारी तिब्र रुपमा अगाडी बडीरहेको र त्यसमा स्थानिय संघ संस्था, व्यापारी, विद्यालय र स्थानियले आफुलाई राम्रो साथ दिई रहेको समेत उनले बताए । 

null

पालका अनुसार पुस १५ गते एक दिने सञ्चालन हुने सो प्रतियोगीताको निणायकको रुपमा डान्स प्लसका किरण थापामगर सँगै मुम्बईको किङ्गस युनाईटेड ग्रुपका प्रमोद भण्डारी र सुदूरपश्चिम प्रदेशका चर्र्चीत मूभी कोरीयोग्राफर दिप श्रेष्ठ समेत निर्णायक मण्डल रहने उनले बताएका छन् । पालका अनुसार सो प्रतियोगीता सञ्चालन गर्न करीब ४ लाख बराबर खर्च लाग्ने र सो रकमको जोहो भैरहेको समेत उनले बताए । 

पालका अनुसार सो प्रतियोगीता भाग लिन नेपालको राजधानी काठमाण्डौं सँगै भारतको मुम्बई सम्मका समुह र एकल प्रतिस्पर्धीहरु आफ्नो सम्पर्कमा रहेको उनले बताएका छन् । पालका अनुसार उनलाई सो प्रतियोगीता गर्ने होसला बिगत देखी अहिले सम्म स्थानिय बर्दगोरिया गाउँपालिका १ बौनियामा रहेको नव बालबाटिका विद्या मन्दिरका संस्थापक प्रिन्सिपल प्रमोद मल्लले दिदैँ आइरहेको र यस बर्ष पनी आफुलाई उनीबाट राम्रो साथ प्राप्त भैरहेको बताए । 

कार्यक्रम पुस १५ गते आइतबार बिहान १० बजे बाट बसन्त मुरारी माध्यमीक विद्यालय बौनियाँको खेल मैदानमा हुने र प्रतियोगीतामा करीब ३५ बटा समूह र एकल प्रतिस्पर्धीहरुले प्रतिस्पध गर्ने आफ्नो अनुमान रहेको उनले बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *