चीनको सियान पुगिन् राष्ट्रपति

 

बैशाख ११, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार चीनको सियान पुगेकी छिन् । 

चिनियाँ राष्ट्रपति सी चीनफिङको निमन्त्रणामा शुक्रबारदेखि ३ दिनसम्म बेइजिङमा आयोजना हुने ‘सेकेण्ड बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेशन’ मा सहभागी हुन बुधबार नेपाल वायु सेवा निगमको जहाज (आरए ००१) चढेर राष्ट्रपति भण्डारी चीनको सियान पुगेकी हुन् । 

null

राष्ट्रपतिसँगै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल पनि चीन भ्रमणमा सहभागी भएका छन् । सियानबाट राष्ट्रपति भण्डारी चीनको राजधानी बेइजिङ जाने कार्यक्रम छ । 

चीनको नौ दिने भ्रमणमा गएकी राष्ट्रपति भण्डारी चीनको राजकीय भ्रमणमा दोस्रो बेल्ट एण्ड रोड फोरमसमेत गरी तीन महत्वपूर्ण कार्यक्रममा सहभागी हुनेछिन् । 

यसै अवधिमा राष्ट्रपति भण्डारी चिनियाँ समकक्षी सीले आयोजना गर्ने राजकीय भोज तथा अन्तर्राष्ट्रिय फलफूल प्रदर्शनीको उद्घाटन समारोहमा सरिक हुने पनि जानकारी दिइएको छ । 

राष्ट्रपति भण्डारी र चिनियाँ समकक्षीबीच प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता पनि हुनेछ । वार्तापछि पारस्परिक सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने र राष्ट्रपति भण्डारीको वरिष्ठ चिनियाँ अधिकारीसँग बेग्लाबेग्लै भेटवार्ता हुनेछ । 

राजधानी बेइजिङमा रहँदा राष्ट्रपति भण्डारीले चिनियाँ र नेपाली व्यापारिक समुदायलाई संयुक्त रुपमा सम्बोधन गर्ने र बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुने जनाइएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *