राजनीति के हो भनेर भानुभक्त ढकाललाई अब म सिकाउँछु : डा.शर्मा

मोरङ, मङ्सिर १२ । ‘सांसद बनेर पाँच वर्षसम्म आफ्नो गाउँमा पानीको धारो पुर्‍याउन नसकेपछि त्यहाँका गाउँलेलाई बसाई सर्न बाध्य बनाउने हुतिँहाराले यहाँको विकास गर्न सक्छ भन्नेमा पागलले पनि विश्वास गर्दैन ।’ मोरङ क्षेत्र नम्बर–३ मा काँग्रेसबाट प्रतिनिधि सभाका लागि प्रत्यक्ष उम्मेदवार डा. सुनिल शर्माले प्रतिस्पर्धी भानुभक्त ढकाललाई मुखभरको जवाफ दिएका छन् ।

मङ्गलवार बेलबारी–१०, यलम्बर चोकको चुनावी सभालाई सम्बोधन गर्दै डा. शर्माले बाम गठबन्धनबाट संयुक्त उम्मेदवार बनेका एमाले सचेतक भानुभक्त ढकाललाई डा. शर्माले ‘टुरिष्ट’ उम्मेद्वारलाई आफूले राजनीतिको पाठ सिकाउने भन्दै कडा जवाफ दिएका हुन् । ‘राजनीति के हो भनेर भानुभक्तलाई अब म सिकाउँछु ।’ उनले चुनावी सभामा स्थानीयबासीसँग जवाफ माग्दै भने,‘पाँच वर्षसम्म सिंहदरबारमा हल्लिएका उनले ओखरेबासीलाई पानी पिलाउन नसकेपछि त्यहाँका बासिन्दाहरु अन्यत्र बसाईसर्नुपर्यो । तर,अहिले त्यहाँ अनुहार देखाउन नसकेपछि अध्यक्ष ओलीलाई यहाँको ‘टिकट’ दिलाउन रोइकराई गरेपछि चुनाव लड्न आएका छन् ।’

मान्छेलाई दशाले कुत्कुत्याएपछि अनेकथरि समस्या सिर्जना हुने भन्दै उनले भने,‘हुन त, दशा लाग्दा अनेक अनेक हुन्छ । ओखरेमा अनुहार देखाउन नसक्नेलाई यहाँको जनताले कसरी विश्वास गर्छन् जब कसैले उनको अनुहार नै देखेका छैनन् । अनि जनताले उनीबाट के विकासको आशा गर्ने ?’ अब,हामीले चुनाव जितेपछि गरेको काम देखेर उनले सिक्नेछन्, ‘राजनीती त त्यो पो रहेछ !’ विगतदेखि गरिब र निमुखा जनताको निःशुल्क स्वास्थ्य उपचार गर्दै आएको विराटनगर नोबेल मेडिकल अस्पतालले अबको पाँच वर्षभित्रमा सरकार र अस्पतालतर्फबाट एक लाख बराबरको निशुल्क स्वास्थ्य बिमाको कार्यक्रम ल्याउने योजना पनि बनिसकेको उनले बताए । त्यस्तै, शिक्षा क्षेत्रमा आर्थिक अभावका कारण पढ्न नपाएका तीन सय विद्यार्थीहरुलाई हालसम्म पूर्ण छात्रवृत्ति दिलाएर पढाउँदै आएको र गरिब तर जेहेन्दार विद्यार्थीहरुलाई पूर्ण रुपमा छात्रवृत्ति दिएर अध्ययन गराउने क्रम नरोकिने पनि डा. शर्माले बताए ।

तेह्रथुमबाट समानुपातिकतर्फबाट सांसद बनेका भानुभक्त ढकाल साँच्चिकै नेता थिए भने पाँच वर्षसम्म आफ्नो गाउँमा पानीको धारा किन पुर्याएनन् ? पाँच वर्षका लागि जागिर खान आएको उनले अब फेरि यो क्षेत्रलाई पाँच वर्ष पछाडि धकेलाउने उद्धेश्य लिएर यहाँ छिरेका छन् । अब, तराईको हरियाली फाँट हेर्न आएका ढकाल २१ गतेको मत परिणाम पछि कसरी आफैँ लखेटिइन्छन् त्यो दृश्य हेर्न धरै दिन कुर्नु पर्ने छैन । शर्माले भने ।

ढकालको ‘गाइड’ विनोद

बेलबारी, पथरीशनिश्चरे र सुन्दरहरैँचा नगरपालिकाको कार्यालय कहाँ छ भनेर अहिले विनोद ढकाललाई ‘गाइड’ बनाएर हिँड्दै गरेका ढकाललाई जनताले राम्ररी बुझेको बताए । शर्माले भने,‘बेलबारी,पथरीशनिश्चरे र सुन्दरहरैँचा नगरपालिकाको कार्यालय कहाँ छ भनेर विनोद ढकाललाई अघि अघि लगाउनुपर्ने उनले के यहाँका जनताको पिर मर्का बुझेका छन् ? त्यसैले उनी न विवाहमा जन्ती जान सक्छन् न मर्दा मलामी नै जान्छन् । त्यस कारण यहाँको विकास यहाँकै स्थानीयले गर्ने हो ।’

यो क्षेत्रमा बच्चापनदेखि नाङ्गै खेलेर हुर्किएका आफूहरूले त घरी घरी आकालभुकाल ठाउँ भुल्ने उनले बताए । ‘बालकपनमा यो ठाउँमा हामी खाली खुट्टै र नाङ्गेभुुतुङ्गे भएर खेलेर हुर्केका हामीले त घरी घरी यहाँको कुना काप्चा बिर्सिन्छौँ । चुनावको एक महिनाअघि यहाँ आएर डुलेर भानुभक्तले यहाँको विकास गर्छन् भन्नेमा पागलले पनि विश्वास गर्दैन ।’

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *