चितवन लकडाउन, मुख्य नाकाहरूमा प्रहरी तैनाथ

चैत १०, काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट जोगिन बाहिरी जिल्लाबाट आएका सार्वजनिक सवारीसाधनलाई चितवन प्रवेशमा रोक लगाइएको छ। सरकारले सोमबारदेखि लामो दुरीको सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाएपछि अन्य जिल्लबाट आएका सार्वजनिक सवारी साधनहरुलाई चितवन प्रवेशमा रोक लगाइएको हो। 

चितवन प्रवेश गर्ने मुख्य नाकाहरूमा प्रहरी तैनाथ गरि बाहिरी जिल्लाबाट आएका यात्रुबाहक बसलाई जिल्ला प्रवेशमा रोक लगाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरिक्षक दयाकृष्ण भट्टले बताए। चितवन प्रवेश गर्ने मुख्य नाकाहरू लोथर, पुलचोक, मुग्लीङ र मौवा खोलामा चेकप्वाइन्ट राखेर अन्य जिल्लाबाट आएका सार्वजनिक सवारी साधनलाई जिल्ला प्रवेशमा रोक लगाइएको हो।   

निजी सवारी साधन र मालवाहक साधनहरु भने सञ्चालन गर्न दिइएको छ। त्यस्तै चितवनबाट बाहिरी जिल्लाका लागि छुट्ने लामो दूरीको सार्वजनिक सवारी साधन सञ्चालनमा समेत रोक लगाइएको छ। 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *