दिपेन्द्रले मोदीलाई दिए ३० दिने अल्टीमेटमः ‘तरकारी नदिए प्लेनबाट खुवाउँछु’

 

असार २७, काठमाडौं । पब्लिक ईनोभेटर ईन्जिनियर दिपेन्द्र कँडेलले भारतबाट आयात हुने तरकारीमा विषादी रहेको र यसबाट लाखौं नेपालीहरुको जनजीवन प्रभावित बनेको भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गम्भीर ध्यानाकार्षण गराएका छन् । 

शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै यस्तो उनले विषादीबारे मोदीको ध्यानाकर्षण गराएका हुन् । 

null

उनले आफू भारतीय प्रधानमन्त्री मोदीको ठूलो फ्यान भएपनि पहिला आफ्नो परिवार अनि देश र त्यसपछिमात्रै मित्रराष्ट्र आउने सुनाउँदै नेपाली नागरिकको स्वास्थ्यप्रति आफू संवेदनशीले रहेको बताए । 

नेपाल–भारतबीच सदियौंदेखि सुमधुर सम्बन्ध रहेकोले आगामी दिनमा पनि दुई देशबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउनुपर्नेमा उनको जोड थियो । 

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, चिनियाँ राष्ट्रपति सि जिनपिङ सबैलाई पछि पार्दै मोदी विश्वकै शक्तिशाली नेता बनेकोमा गर्वले आफ्नो छाति चौडा भएको पनि कँडेलले सुनाए । 

 

                                                           पब्लिक ईनोभेटर ईन्जिनियर दिपेन्द्र कँडेल 

पहिलो कार्यकालको सुरुवातमै नेपाल भ्रमण गर्दा मोदीले नेपालको तत्कालिन संविधानसभामा सम्बोधन गर्दा भनेको ‘भारतले जितेका सबै युद्धमा नेपालीले खुन बगाएको’ कुरा सम्झिँदै कँडेलले भने, ‘मोदीज्यु, बहादुर नेपाली त भारतलाई चाहिएको छ, त्यसैले बहादुर बनाउनको लागि पनि स्वच्छ र तेजिलो तरकारी खानुपर्छ ।’ 

उनले भारतबाट नेपाल आयात हुने तरकारीमा विषादी भेटिएको कुरा आफूले सुन्नु पर्दा निकै दुःख लागेको बताए । कँडेलले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘त्यही विषादीले भरिएको सब्जी मैँले मेरो २० महिनाको छोरालाई खुवाउनुपरेको छ, म मेरो छोरालाई तपाईको देशको एयरफोर्समा फाईटर प्लेन चलाउन पठाउन चाहन्छु, हो आज मैँले मेरो छोरालाई त्यही विषादीवाला तरकारी खुवाउनुपरेको छ । यसले मलाई निकै दुःखी तुल्याएको छ ।’ 

नेपालस्थित भारतीय दुतावासले भारतबाट आउने तरकारीमा विषादी परीक्षण नगर्न दबाबसहित नेपाल सरकारलाई गरेको पत्राचारको बारेमा पनि कँडेलले मोदीको ध्यानाकार्षण गराएका छन् । 

उनले भनेका छन्, ‘हेर्नुहोस्, मोदीजी जब नेपालमा रहेको तपाईंको भारतीय दुतावासले विषादी परीक्षण नगर्नको लागि दबाब दिन्छ, यो त लाजको विषय हो । तपाईंलाई पनि थाहै भएको कुरा हो यदि यो कुरा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले थाहा पाए भने (हुन त अहिले यो कुरा भारत र नेपालबीच मात्रै छ) तिललाई पहाड बनाइ दिन्छन् ।’ 

कँडेलले तरकारीमा हुने विषादी दुवै देशका सरकारले तुरुन्त हटाउनुपर्ने माग गरे । उनले भने, ‘तरकारीमा हुने विषादीलाई हटाएर दुवै देशका नागरिक र नेपाल आउने पर्यटकको स्वास्थ्यप्रति जिम्मेवारी बन्न आग्रह गर्दछु ।’ नेपालले भिजिट नेपाल २०२० भव्य रुपमा सफल बनाउन गैरहेको अवस्थामा विषादीरहित तरकारीको वातावरण बनाउनुपर्नेमा उनको जोड थियो । 

उनले आफू आर्थिक कुटनीतिको क्षेत्रमा कार्यरत व्यक्ति भएको सुनाउँदै यदि नेपाल र भारत दुवै देशका सरकारले सहयोग गरे एक महिनाभित्र दुवै देशलाई विषादी परीक्षण गर्ने यन्त्र उपलब्ध गराउने पनि प्रतिबद्धता व्यक्त गरे । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *