रोनाल्डोले दुुई गोल गर्दा पनि जितेन युुभेन्टसले

एजेन्सी- क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेपनि युभेन्टसले इटालियन सिरी ‘ए’ फुटबलमा पर्मासँग ३–३ गोलको बराबरी खेलेको छ । 

युभेन्टसका ड्यानियल रुगानीले अर्काे गोल थपे । पर्माका जेरभिन्होले दुई तथा एन्टेनियो बारिल्लाले एक गोल थपे । युभेन्टसको घरेलु मैदानमा शनिबार राति भएको खेलको ३६औं मिनेटमा रोनाल्डोल गोल गर्दै घरेलु टोलीलाई पहिलो हाफमा १–० को सुरुवाती अग्रता दिलाए । 

६२औं मिनेटमा ड्यानियल रुगानीले गोल गरेपछि युभेन्टस्ले २–० को अग्रता बनायो । त्यसको दुई मिनेटपछि पर्माका एन्टेनियो बारिल्लाले गोल गर्दै पर्मालाई खेलमा फर्काउने संकेत दिए । पुनः दुई मिनेटपछि नै रोनाल्डोले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गर्दै युभेन्टसलाई ३–१ ले अघि बढाए ।  

null

७४औं मिनेटमा जेरभिन्होले गोल गर्दै पर्मालाई ३–२ को अन्तरमा ल्याए । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा जेरभिन्होले गोल गर्दै खेललाई ३–३ गोलको बराबरीमा ल्याए ।  

यससँगै पर्माले युभेन्टसबाट अंक खोस्न सफल भयो । बराबरीपछि शीर्षस्थानमा रहेको युभेन्टसको २२ खेलबाट ६० अंक पुगेको छ । युभेन्टसले दोस्रो स्थानको नेपोलीलाई ९ अंकले पछि पारेको छ । पर्मा २९ अंक जोडेर १२औं स्थानमा यथावत छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *