कमल थापाको भनाईः सरकार असफल बनाउने प्रयासले मुलकमा द्वन्द्व निम्तिन्छ

 

असार २७, विराटनगर । राप्रपाका अध्यक्ष कमल थापाले वर्तमान सरकारले कुनैपनि राम्रो काम गर्न नसकेको भएपनि देशी विदेशी तत्वको उक्साहटमा सडक आन्दोलन गरेर सरकारलाई असफल गराउने प्रयासले मुलुकमा थप द्वन्द्व निम्तिने खतरा रहेको बताएका छन् । 

शुक्रबार विराटनगरमा संचारकर्मीहरु सँग कुरा गर्दै अध्यक्ष थापाले जनताले ५ वर्षको म्याण्डेट दिएर पठाएको सरकारलाई गैरसंवैधानिक र सडक आन्दोलनबाट हटाउन खोज्नु गलत हुने टिप्पणी गरे । उनले सरकारलाई सचेत गराउन सडक आन्दोलन गर्न सकिने र ५ वर्ष पछि जनताको म्याण्डेटबाट मात्र सरकारलाई विस्थापित गर्नुपर्ने बताए । 

null

अध्यक्ष थापाले हिंसाको माध्यमबाट कुनैपनि राजनैतिक दल सफल हुन नसकेको नेपाल कै उदाहरणलाई आत्मसात गर्दै विप्लव समुहलाई हतियार त्यागेर वार्तामा आउन आग्रह गरे । 

उनले सरकारले विप्लव समूहलाई राजनैतिक शक्तिको रुपमा मान्यता दिएर प्रतिबन्ध हटाउनु पर्ने बताए । अध्यक्ष थापाले भारतबाट आयातित तरकारी र फलफूलको विषादी रोक्ने सरकारी निर्णय स्वागतयोग्य रहेको भएपनि फिर्ता लिएको प्रति दुख व्यक्त गरे । 

उनले प्रधानमन्त्रीलाई समेत बाईपास गर्ने कार्य मुलुक कै लागि अहित रहेकाले तत्काल भारतिय पत्र लुकाउनेहरुलाई कारवाही गर्न प्रधानमन्त्री सँग आग्रह गरे । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *