झापाका सबै निर्वाचन क्षेत्र वाम गठबन्धनले जित्ने अध्यक्ष ओलीको दाबी

मंसिर १३, झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाको प्रतिनिधि सभाका पाँच र प्रदेश सभाका १० निर्वाचन क्षेत्र वाम गठबन्धनले नै जित्ने दाबी गरेका छन् ।

भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा आज पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले भने, “पाँच वटा प्रतिनिधिसभा र दश वटा प्रदेशसभा एमालेसहितको तालमेलले जित्छ ।”

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले चुनावपछि आउने परिणामले देशमा लोकतन्त्र मासिदैन, काँग्रेसको शासन सत्ता मात्र मासिने बताए । झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार ओलीले काँग्रेससँग लोकतन्त्रको अभ्यास सम्बन्धी सुशासन, पारदर्शीता, राष्ट्रिय एकता, सामाजिक सद्भावको कुरा केही नभएकोले काँग्रेस आफ्नो फाइदाको निम्ति चल्ने पार्टी भएको आरोप लगाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *