विमकलाले अस्पतालबाट किन चोरिन् बच्चा ?

 

असार २८, बुटवल । पाल्पाको मेडिकल कलेजबाट मध्यराति भर्खरै जन्मिएको बच्चा चोर्ने महिला पक्राउ परेकी छिन् । 

शुक्रबार तानसेन नगरपालिका–७, स्थित लुम्बिनी मेडिकल कलेजबाट तानसेन नगरपालिका–९ डाँडाडुम तिलाहारकी २२ वर्षीया जमुना रानाको शिशु हराएको थियो । प्रहरीले बच्चा चोरेर फरार भएकी महिलालाई शनिबार बिहान ८ बजे उनको घरैबाट नियन्त्रणमा लिएको हो । 

null

जमुनाले शुक्रबार बिहान ११ बजेतिर छोरा जन्माएकी थिइन् । दिउँसो ३ बजेतिर उनको बच्चा चोरी भएको थियो । 

बच्चा चोर्ने स्याङ्जा गल्याङ्ग नगरपालिका ५ डुम्रीचौर स्थायी घर भएकी ४५ वर्षीय विमकला पाण्डेलाई स्याङ्जाको कालीगण्डकी गाउँपालिबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

एक दशक अघिदेखि कालीगण्डकी ए परियोजनाको ड्याम साईडको क्वाटरमा दैनिक ज्यालादारीमा सरसफाई गर्ने कर्मचारीका रुपमा कार्यरत पाण्डे त्यही क्वाटरमा बस्दै आएकी थिइन् । 

 

                                                सिसिटिभी फुटेजमा यस्तो देखिएको थियो 

उनले एक वर्ष अघि दाङ्गका एक युवकसँग दोस्रो प्रेम विवाह गरेकी थिइन् । उनको केही वर्षअघि बितेका पहिलो श्रीमान तर्फका दुई छोरीहरु भएपनि दोस्रो श्रीमानतर्फका बच्चा भइसकेका थिएनन् । उनका हालका श्रीमान् वैदेशिक रोजगारीका शिलशिलामा विदेशमा रहेको प्रहरी अनुसन्धानमा खुलेको छ । 

विमकलाले पुत्र प्राप्तिको आश र पछिल्लो श्रीमानको सम्पति प्राप्त गर्ने लोभका कारण अर्काको बच्चा (छोरा) चोरेको हुनसक्ने प्रहरी अनुमान छ । यद्यपी बच्चा किन चोरियो भन्ने कारण खुलेको छैन । 

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

२२ वर्षीय जमुनाले लुम्बिनी मेडिकल कलेजमा शुक्रबार दिउँसो बच्चा (छोरा) जन्माएकी थिइन् । भर्खरै शिशु जन्माएकी जमुना सामान्य स्थितिमा हुने कुरै भएन । उनको रेखदेखका लागि उनकी आमा आएकी थिइन् । 

 

एकैछिन अघिसम्म आफ्नै आमाको काखमा भएको उनको बच्चा हरायो । अर्धचेत अवस्थामा रहेकी सुत्केरी जमुनालाई ज्वानोको झोल लिन मेडिकल कलेजको क्याण्टिन गएका बेला यस्तो घटना भएको हो । सहयोग गर्ने भन्दै अपरिचित महिला (विमकला पाण्डे) ले बच्चा लिएकी थिइन् । 

ज्वानोको झोल जमुनाकी आमालाई लैजानुस् भन्ने अपरिचित महिलाले बच्चा आफूले ल्याइदिने बताएपछि जमुनाकी आमा ढुक्कैले छोरी भएको वार्डमा गइन् । तर ती बच्चा लिने महिला आइनन् । त्यसपछि खोजी कार्य सुरु भएको थियो । 

विमकलाले नै राम्रो मौका छोपेर बच्चा आफ्नै घर लिएर हिँडेकी हुन् । सिसिटिभीको फुटेजमार्फत् प्रहरीले शनिबार बिहान उनलाई नियन्त्रणमा लिन सफल भएको हो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *