कांग्रेस नेता चक्रप्रसाद बास्तोलाको निधन

काठमाडौं । ६ बर्ष यता अर्धचेत अवस्थामा रहेको कांग्रेस नेता चक्रप्रसाद बास्तोलाको शनिबार राति निधन भएको छ।  ७४ वर्षीय बास्तोलालाई शनिबार १२ बजे तिर न्युरो अस्पताल लगिएको थियो। अस्पतालले उनलाई दिउँसो ४ बजे डिस्चार्ज गरेकाे थियाे । 

अस्पतालले उनी अब बाच्न नसक्ने जनाए पछि परिवारले सातदोबाटोस्थित निवासमा लगेका थिए । निवासमै बास्तोलाको राति ९ : २० मा निधन भएको उनका निजी सचिव राधाकृष्ण काफ्लेले जानकारी दिए ।  

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले समेत नेता बास्तोलाको निधन भएको पुष्टि गरेका छन्। स्वदेश फर्किएपछि उनको काठमाको न्युरो अस्पतालमा उनको नियमित उपचार भएको थियो । लामो समयसम्मको उपचारपछि पनि पूर्ण चेतमा नआएपछि बास्तोलालाई अर्धचेत अवस्थामा घरमै डाक्टरको निगरानीमा राखिएको थियो ।  

null

प्रजातान्त्रिक आन्दोलन र कांग्रेस राजनीतिमा महत्वपूर्ण भूमिका खेलेका बास्तोला ०४८ सालमा भारतका लागि नेपालको राजदूत समेत बनेका थिए । उनी ०५२, ५५, ०५६ गरी ०५७–०५८ सम्म गरी चार चोटी मन्त्री बनेका थिए ।  

०५८ सालमा भएको राजदरबार हत्याकाण्डताका उनी गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा परराष्ट्रमन्त्री थिए । माओवादीलाई शान्ति प्रक्रियामा ल्याउनको लागि उनले गिरिजाप्रसाद कोइरालालाई नजिकबाट सघाएका कांग्रेसी नेतामा पर्थे । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *