पुस ६ गते ‘नेपाल आइडल’को फाइनल

 

मंसिर २८, काठमाडौं । सिङगिङ रियालिटी शो ‘नेपाल आइडल’को फाइनल ललितपुरको पुल्चोक इन्जिनियरिङ कलेजमा हुने भएको छ । पुस ६ गते फाइनल पुल्चोक इन्जिनियरिङ कलेजको मैदानमा हुन लागेको हो । गत वर्षको ‘नेपाल आइडल’ सिजन वनको फाइनल कतारमा भएको थियो । 

नेपाल आइडलमा फाइनलमा पोखराका विक्रम बराल, झापाका सुमित पाठक र अस्मिता अधिकारी तथा धनगढीका रवि ओड गरि चार जना प्रतिस्पर्धी पुगेका छन् । बिहीबारको प्रस्तुतीमा मुख्य निर्णायक न्युह् बज्राचार्यले चारै जना प्रतिस्पर्धीलाई फाइनलमा लैजाने बताएका हुन् । 

null

बम बम बम विक्रम र सुमित गोल्डेन माइक पाएका प्रतिस्पर्धी हुन् । गोल्डेन माइक पोखराकी निलिमा थापा मगर र चितवनका मीनराज पौडेलले पनि पाएका थिए तर उनीहरु प्रतिस्पर्धाबाट बाहिरिसकेका छन् । ‘नेपाल आइडल’को निर्णायकका रुपमा न्युह् बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी छन् । 

सिजन वनमा पनि उनीहरु नै निर्णायक थिए । होस्टमा गत शिजनमा सुशील नेपाल र रिमा विश्वकर्मा रहेकोमा अहिले सुशीलको ठाउँका आशिफ शाह छन् । 

सिजन वनमा गाला राउण्डमा पुगिसकेपछि दर्शकको भोटका आधारमा प्रतिस्पर्धीको निर्णय गरिएको थियो । तर, यो सिजनमा भने परिमार्जन गरेर गाला राउण्डमा पनि निर्णायकमा ५० प्रतिशत अधिकार राखिएको छ । 

‘नेपाल आइडल’ सिजन–२ का विजेताले २० लाख नगद, एउटा होन्डा डब्लूआर–भी कार, एउटा गीति एल्बमको सम्झौता र वर्ल्ड  टुर अथवा ५० लाख नगद, एउटा एल्बमको सम्झौता र वल्र्ड टुर मध्ये एक रोज्न पाउने छन् । 

सिजन वनमा बुद्ध लामा नेपाल आइडल भएका थिए । लामा पहिलो नेपाल आइडल हुँदा फष्ट रनरअप निशान भट्टराई र सेकेण्ड रनरअप प्रताप दास भएका थिए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *