टी–ट्वान्टी क्रिकेट: सोमपाल कामीले लिए २ विकेट
मकालु खबर
२०७५ माघ १८ गते
माघ १८, काठमाडौँ । घरेलु टोली युएईविरुद्धको टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको दोस्रो खेलमा नेपालले टस हारेर बलिङ गरिरहेको छ ।
खेलको शुरुवातमै नेपालले सफलता प्राप्त गरिरहेको छ । सोमपाल कामीले यूएईको २ विकेट पतन गराउँदै नेपाललाई सफलता दिलाएका हुन् ।
null
तेस्रो ओभरको तेस्रो बलमा उनले सब्बिरलाई ६ रनमा क्याच आउट गरे । उनको यो दोस्रो विकेट हो । पहिलो ओभरको अन्तिम बलमा सोमपाल कामीले असफाक अहमदलाई आउट गरेका थिए ।
यसअघि पहिलो खेलमा नेपाल बिहीबार २१ रनले पराजित भएको थियो।
युएईले २ ओभर ३ बलमा २ विकेट गुमाएर ११ रन जोडेको छ । तीन खेलको टी–ट्वान्टी सिरिजमा युएई १–० ले अघि छ ।
मकालु खबर
२०७५ माघ १८ गते
प्रतिक्रिया
सम्बन्धित