काभ्रेको पनौतीमा अनिश्चितकालीन कर्फ्यू

चैत ४, काठमाडौं । टिपरको ठक्करबाट आमा, छोरीको मृत्युपछि तनाबग्रस्त बनेको काभ्रेको पनौतीमा अनिश्चितकालीन कर्फ्यू जारी गरिएको छ ।   

सोमबार भएको मृत्युको विषयलाई लिएर भएको प्रदर्शनले उग्र रुप लिनसक्ने आँकलन गर्दै जिल्ला प्रशासन कार्यालयले पनौतीमा कर्फ्यु जारी गरेको हो । बिहान ९ बजेदेखि लागु हुने गरी पनौती बजारमा अर्को आदेश नभएसम्मका लागि कर्फ्यू लगाइएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सेनाले जानकारी दिए ।   

पनौतीको पूर्व शंख जानेबाटोको चौकीसम्म ८०० मिटर क्षेत्र र पश्चिममा कुशादेवी जानेबाटोको १ किलोमिटरसम्म तथा बनेपा जाने ठाडोबाटोको १ किलोमिटर क्षेत्र र देखाञ्चोकतर्फको १ किलोमिटर मिटर क्षेत्रमा कर्फ्यु लगाइएको हो ।   

सोमबार पनौतीमा बा ५ ख ५४८० नम्बरको टिपरले ठक्कर दिँदा खानीखोला गाउँपालिका-१ की २६ वर्षीय जुनीमाया तामाङ र ३ वर्षीय छोरी स्मारिकाको मृत्यु भएको थियो । आक्रोशित आफन्त र स्थानीयले प्रदर्शन थालेपछि प्रहरीसँग तनावको स्थिति बनेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *