चित्रबहादुर केसी भन्छन्– नेपालमा संघीयता ‘खर्च न पर्च, काँशी जानुपर्छ’

कात्तिक १३, काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालीहरूको जनचाहाना अनुसार संघियता हटाउन आफ्नो पाटी लागेको बताएका छन् । 

संवाद चौतारीले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै केसीले आफू संघीयता बिरोधी नभइ नेपालमा संघीय प्रणालीको मात्रै विरोधी भएको बताएका हुन् । 

आफ्नो पार्टीले संघीयताका विपक्षमा संसदमा संशोधन प्रस्ताव दर्ता गर्न लागेको कार्यक्रममा बताए । 

null

अध्यक्ष केसीले भने, ‘नेपालमा संघीय प्रणाली अत्यन्तै खर्चिलो हुने र जनतालाई खर्चको भार मात्र बढाउन छलकपट पूर्ण तरिकाले संघीयता लागू गरिएकाले अहिले जनता स्वयम नै संघीयताको विपक्षमा रहेकोले संसोधन प्रस्ताव हाल्न लागेका हौं।’ 

उनले नेपालमा संघीय व्यवस्था असफल हुने बाटोमा गइरहेको भन्दै यसलाई जनताले नै असफल बनाइदिने दाबी गर्दै नेपालमा संघीयता भनेको ‘खर्च न पर्च, काँसी जानुपर्छ’ भने जस्तै भएको बताए । 

‘संघीयता अहिले ठूला दलहरुलाई पनि नखाउँ भने दिनभरीको सिकार खाउँ भने कान्छा बाउको अनुहार भने जस्तै गलपासो भएको छ,’ उनले भने । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *