प्रधानमन्त्रीले मन्त्रीहरुलाई बालुवाटार बोलाए, उपत्यकाबाहिर जान चाहनेका लागि व्यवस्था गर्नेबारे निर्णय हुने

फाइल तस्विर 

वैशाख ५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचार उच्चस्तरीय समन्वय समितिमा सदस्य रहेका मन्त्रीहरुसँग छलफल सुरु गरेका छन् । 

लकडाउनका कारण उपत्यकामा अलपत्र परेका राजधानी बाहिरका नागरिक, जो फर्कन चाहन्छन् उनीहरुका लागि आवश्यक व्यवस्था गर्न मन्त्रीहरुसँग छलफल सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । 

सयौं किलोमिटर टाढाका जिल्लावासीहरु समेत दिनहुँ काठमाडौंबाट बालबालिकासहित पैदलै जान थालेपछि यसको चौतर्फी विरोध भएको छ । सबै नागरिकहरु सरकारमाथि खनिइरहेका बेला सरकारले त्यसबारे छलफल सुरु गरेको हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *