आगलागीमा ११ लाखको क्षती

बैशाख ९, विराटनगर । प्रदेश नम्बर १ को मोरङ र उदयपुर जिल्लामा आइतवार भएको आगलागीबाट करिब ११ लाख रुपैयाँ मुल्य बराबरको क्षति भएको छ । 

मोरङको केरावारी गाउँपालिका–१ पाटीगाउँ स्थित मणीराज लिम्बुको घरमा विद्युतको तार सर्ट भई आगलागी हुँदा घर खाद्यान्न, लत्ताकपडा, अन्नपात र भाडावर्तन जलेर नष्ट हुँदा करीब ७ लाख मूल्य बराबरको क्षती भएको हो । 

आगो प्रहरी र स्थानियवासीको सहयोगमा नियन्त्रणमा लिईएको इलाका प्रहरी कार्यालय केरावारीले जनाएको छ । त्यसैगरी उदयपुरको ताप्ली गाउँपालिका–४ ठानागाउँ स्थित लखनडाँडाका मोहन मगरातीको घरमा अचालन आगलागी हुँदा ४ लाख मूल्य बराबरको क्षति भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *