निर्मला हत्या अनुसन्धान प्रकरणमा १८ प्रहरीलाई कारवाहीको तयारी

काठमाडौं । प्रहरीले निर्मला पन्तको बलात्कार र हत्या प्रकरणको अनुसन्धानमा त्रुटि गरेको आरोपमा तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख एसपी दिल्लीराज विष्टसहित अनुसन्धानमा खटिएका १८ प्रहरीलाई विभागीय कारवाही गर्ने तयारी गरेको छ । 

एआईजी धिरु बस्न्यात नेतृत्वको अनुसन्धान समितिले बुझाएको प्रतिवेदनको सिफारिसअनुसार प्रहरी प्रधान कार्यालयमातहतको कानुन विभागले उनीहरुमाथि कारवाही चलाउन लागेको हो । 

समितिले एसपी विष्ट, डीएसपीहरु अंगुर जीसी र ज्ञानबहादुर सेट्ठी, इन्सपेक्टरहरु एकेन्द्र खड्का, जगदीश भट्ट र गणेश सापकोटा, ४ सई, ३ हवल्दार र ५ कन्सटेबलमाथि विभागीय कारवाही सिफारिस गरेको छ । 

null

यस्तै जिल्ला प्रहरी कार्यालयमा अनुसन्धानमा खटिएका प्रहरीविरुद्ध परेको जाहेरी दरखास्त फौजदारी कसुरका रुपमा अघि बढ्ने र उक्त मुद्दाको सुनुवाईका क्रममा पनि यो प्रतिवेदन प्रयोग हुनेछ । –कान्तिपुर दैनिक 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *