नक्कली प्रमाणपत्रधारी शिक्षिका र भ्रष्टाचारी प्रहरीविरुद्ध अख्तियारले हाल्यो मुद्दा

पुस २५, काठमाडौं । तनहुँको मनपाङस्थित श्री जन जौ कुमारी शाही प्राथमिक विद्यालयका अस्थायी शिक्षकको रुपमा कार्यरत तृतीय श्रेणीकी शिक्षिका अनिता पोखरेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।   

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज (शुक्रबार) शिक्षिका पोखरेलविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । शिक्षिका वाग्लेको शैक्षिक योग्यताको प्रमाणपत्र छानविनका क्रममा भारतको विद्यालयबाट उत्तिर्ण गरेको भनि झुट्टा प्रमाणपत्र पेश गरेको अख्तियारको अनुसन्धानमा खुल्न आएको छ ।   

माध्यामिक शिक्षा परिषद् क्षेत्रीय कार्यालय वाराणसी भारतबाट School Leaving Certificate सरहको हाई स्कुल परीक्षा उत्तीर्ण गरेको झुठ्ठा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी २०५६ मंसिर १० गतेदेखि प्राथमिक शिक्षकको रुपमा अस्थायी नियुक्ति पाएकी पोखरेलले २०७५ चैत ८ गतेसम्म उक्त विद्यालयमा काम गरेकी थिइन् ।   

Image result for मुद्दा

पोखरेलविरुद्ध साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई मुद्दा दायर गरिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।   

त्यस्तै अख्तियारले धनुषाको इलाका प्रहरी कार्यालय यज्ञभूमि (धारापानी) मा कार्यरत प्रहरी नायब निरीक्षक कालिचरण पंजियारविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।   

पंजियारले सवारी दुर्घटनामा क्षतिपूर्ति दिलाई दिए बापत सेवाग्राहीसँग १५ हजार घुस लिएको अख्तियारको आरोप छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट गएको टोलीले पंजियारलाई घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *