पशुपतिमा पाँच हजार प्रहरी परिचालन गरिने

काठमाडौं । शिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा पाँच हजार प्रहरी परिचालन गरिने भएको छ । गैरकानुनी क्रियाकलाप नियन्त्रण र सुरक्षाका लागि प्रहरी परिचालन गर्न लागिएको हो । 

  

फागुन ९ गते परेको शिवरात्रिमा पशुपतिनाथको दर्शनका लागि स्वदेश तथा विदेशबाट भक्तजन आउने क्रम सुरु भएकोले सुरक्षाका साथै सूचना संकलन र रिजर्भ फोर्स पनि परिचालन गरिने छन् ।  

null

  

शिवरात्रीको दिन भीडभाड धेरै हुने भएकाले चोरी, लुटपाट हुनसक्नेभएकाले ठूलो संख्यामा प्रहरी परिचालन गरिन लागेको हो । 

प्रहरीले गैरकानुनी गतिविधि नियन्त्रणदेखि दर्शनका लागि पुग्ने भक्तजनको लाम मिलाउनेदेखि सवारीसाधन पार्किङ व्यवस्थापनमा पनि सघाउनेछ । पशुपति क्षेत्रमा प्रविधिबाट निगरानी, कुकुरसहितको सुरक्षा जाँचको तयारी गरिएको छ । 

  

सुरक्षा व्यवस्थापनका लागि कमान्ड पोस्टसमेत बनाइने छन् । नेपाल प्रहरीसँगै सशस्त्र प्रहरी पनि सुरक्षामा खटिँदै आएको छ ।   

गाँजा, भाङलगायत पदार्थ बेच्ने, सेवन गर्ने र बिक्री–वितरणमा पनि प्रतिबन्ध लगाइएको छ । कानुनविपरीतका गतिविधि गर्नेलाई नियन्त्रणमा लिएर कारबाही गरिने छ । शिवरात्रिका दिन ट्राफिक व्यवस्थापन पनि भरपर्दो बनाउने तयारी रहेको बताइएको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *