हेमन्त कान्छाले लिएर आए बालापन

बैशाख २४, काठमाडौं । नेपाल आइडलको दोस्रो संस्करणमा सारंगी रेटेर चर्चामा आएका सारंगी बादक हेमन्त कान्छा रसाइलीले बालापन बोलको गीत ल्याएर आएका छन् । 

 

विभिन्न गीत संगितमा सारंगी बाद्य बादन गर्दै आएका हेमन्तको नयाँ गीतले बालापनको झल्को दिन्छ । आफ्नै लय शब्द र स्वरमा आएको गीतमा उनले बालापनमा भोगेको, खेलेको कृयाकलापलाई सुन्दर तवरले प्रस्तुत गरेका छन् । 

null

आफ्नै युट्व च्यानलबाट रिलिज गरेको बालापन गीतको म्युजिक भिडियोमा परदेशिएपछि गाउँघर र परिवारको यादमा उनले बालापन सम्झिएका छन् । साइभिजन मार्फत निर्माण भएको म्युजिक भिडियोमा हेमन्त, आरुष र अभिषेक, खेम, कृष्ण खड्का लगायतको अभिनय छ । 

लामो समयदेखि नेपाली संगीत क्षेत्रमा बाद्यबादन गर्दै आएका हेमन्तले गीतले हरेक नेपालीलाई आफ्नो गाउँ घर तथा बालापनको याद दिलाउने बताए । म्युजिक भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका छन्, भने छायांकन राजेश घिमिरे र सम्पादन बिष्णु शर्माले गरेका छन् । 

हेर्नुहोस भिडियो 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *