साउदी गठबन्धन यमनी वार्ताका लागि तयार

एजेन्सी । यमनका पूर्व राष्ट्रपति अलि अब्दुल्लाह सालेहले शान्ति वार्ताका लागि प्रस्ताव गरेका छन् । उनले शनिवार आफूले साउदी अरेबियाको नेतृत्वको गठबन्धनसँग वार्ता गर्न प्रस्ताव गरेकाे बताएका थिए । उक्त प्रस्तावको उता साउदी अरेबियाले पनि स्वागत गरेको प्राप्त समाचारमा जनाइएको छ ।

यमनका पूर्व राष्ट्रपति अब्दुल्लाह सालेहको सैन्य गठबन्धनले यमनी गठबन्धन फौजविरुद्ध सन् २०१५ देखि नै विद्रोह गर्दै आएको छ । साउदी अरेबिया नेतृत्वको उक्त गठबन्धनले आइतबार प्रकाशन गरेको एउटा वक्तव्यमा भनिएको छ– सो वार्ताको प्रस्ताव स्वीकार्य छ, साउदी अरेबियाको उनीसँग वार्तामा बस्न तयार छ । तर, उता यमनी पूर्व राष्ट्रपति सालेहले भने गठबन्धनले नाकाबन्दी हटाउनुपर्ने र आफूहरुबिरुद्धका आक्रमणहरु पनि जतिसक्दो चाँडै रोक्नुपर्ने सर्त राख्दै आएका छन् ।

एक समाचार अनुसार हाल यमन विश्वकै ठुलो भोकमरीको जोखिममा रहेको छ । साउदी अरेबियाको गठबन्धनले यमनसँगका सिमानाहरु बन्द गर्नुका साथै विविध अत्यावश्यक वस्तुहरूको आपूर्ति पनि रोकेको छ । सालेहका साझेदार हुथी विद्रोहीले उनीमाथि सत्तालपट गर्न खोजेको आरोप पनि लगाएको थियो । अरब क्षेत्रको यो गरिब देश जहाँ गएका केही वर्षहरुदेखि हिंसा जारी रहेको छ । यस हिंसामा परी हजारौँ सर्वसाधारणले ज्यान गुमाउनु परेको छ ।

पछिल्लो समयमा यमनको राजधानी सानामा निकै ठुला भिडन्तहरु भएका समाचारहरु आएका छन् । ती भिडन्तमा परी सर्वसाधारण र निहत्था नागरिकको ज्यान गएको छ । ती भिडन्त तथा द्विपक्षीय झडपहरुमा सर्वसाधारण नागरिकको ज्यान जोगाउनु पहिलो कर्तव्य हो भन्दै शनिवार मात्र पनि यमनका लागि संयुक्त राष्ट्रसंघीय विशेष दूत स्माली ओल्ड चेख अहमदले सर्वसाधारणको जीवन रक्षाका लागि आग्रह गरेकाे छ ।

सानामा पछिल्लो समययता यहाँका पूर्व राष्ट्रपति अलि अब्दुल्लाह सालेह समर्थक सैन्य समूह, हुथी विद्रोही र वर्तमान राष्ट्रपति अबेद्रब्बु मन्सुर हादीका बिचमा ती भिडन्तहरु भएका छन् । हुथी विद्रोहीलाई इरानले समर्थन गर्दै आएको छ । यमनमा अन्तर्राष्ट्रिय मान्यताप्राप्त राष्ट्रपति अबेद्रबु मन्सुर हादी हनुहुन्छ । उहाँको सरकारविरुद्ध उक्त हुथी विद्रोही समूह पनि सालेहको साझेदार रहिआएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *