तेल प्रशोधन केन्द्रमा आक्रमण: सबै विकल्प खुल्ला भएको साउदी अरबको दाबी

असाेज ९, काठमाडाैँ ।  केही समयअघि आफ्नो तेल प्रशोधन उद्योगमा आक्रमण भएपछि साउदी अरबले त्यसको प्रतिउत्तरमा आफूसँग सैनिक कारबाहीसहित अन्य सबै विकल्प भएको चेतावनी दिएको छ । तर सबै पक्षले युद्ध टार्न खोजिरहेको साउदी विदेश मन्त्रालयका प्रवक्ता अदेल अल जुबैरले अन्तर्राष्ट्रिय समाचार समितिलाई बताएका छन् । 

अमेरिका र साउदी अरबले ती आक्रमणमा इरानको संलग्नता भएको दाबी गर्दै आएका छन् ।  साउदी अरबमा उत्पादन हुने करिब आधा जति नै   प्रभावित हुनेगरी भएका आक्रमणमा इरानको संलग्नताबाहेक अरू विश्वसनीय आधार नदेखिएको यी दुई देशले बताएका छन् । एजेन्सी 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *