एनआईसी एशिया बैंककोे विराटनगरमा विस्तारित काउण्टर

 

साउन ६, काठमाडौं । एनआईसी एशिया बैंकले मोरङ जिल्लाको विराटनगर महानगरपालिका वडा नम्बर ७ स्थित गोल्छा चोकमा विराटनगर विस्तारित काउण्टनर सञ्चालनमा ल्याएको छ । 

शहरी तथा ग्रामीण जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति जनाउँदै आएको एनआईसी बैंकले सोमबार विराटनगरमा काउण्टर सञ्चालनमा ल्याएको हो । उक्त विस्तारित काउण्टरको उद्घाटन विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले गरे । 

null

बैंकले मुलुकभर २९२ शाखा कार्यालयहरु, ३०२ एटिएम, ५० वटा एक्सटेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्ग इकाईमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । 

करिब १६ लाख ग्राहकहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेको प्रमुख सूचना अधिकारी सुधिर नाथ पाण्डेले जानकारी दिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *