ठमेलबाट अबाञ्छित गतिविधिमा संलग्न २० बालबालिका उद्दार

बैशाख २१, काठमाडौं । ठमेलका डान्सबारमा अबैधानिक रुपमा कार्यरत २० बालबालिकालाई नेपाल प्रहरीले उद्धार गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको नेतृत्वले आज विहान ठमेलका विभिन्न डान्सबारबाट ति बालबालिकाहरु उद्दार गरिएको हो । 

‘अप्रेसन रेस्क्यु अन्डरएज’ अभियानअन्र्तगत महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले मादक पदार्थ सेवन गरेर ठमेलभित्र विभिन्न क्लब तथा डान्सबारमा प्रवेश गर्न खोज्ने २० बालबालिकालाई आज बिहान तीन बजे उद्धार गरेको जनाएको छ । 

 

null

वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक गौतमकुमार केसीले अपराधजन्य घटनामा जोखिमपूर्ण अवस्थामा रहेका बालबालिकालाई उद्धार गरिएको जानकारी दिए । ‘ठमेलभित्र हुने अपराधजन्य घटनाको जोखिमबाट जोगाउन बालबालिकालाई नियन्त्रणमा लिएका छौं’ केसीले भने । 

प्रहरीले ठमेल क्षेत्रमा हुने अवाञ्छित गतिविधि नियन्त्रण विशेष अभियान चलाउने गरेपनि त्यस्ता गतिविधि नियन्त्रणमा आउन सकेको छैन । वृत्तले यसअघि ठमेल क्षेत्रका विभिन्न होटल, रेष्टुराँ तथा क्लबमा काम गर्ने ७८ बालबालिकाको उद्धार गरी सम्बन्धित अभिभावकलाई जिम्मा लगाएको थियो । 

उद्धार गरिएका बालबालिकालाई उनीहरुका अभिभावकलाई आवश्यक परामर्श गरेर जिम्मा लगाउने वृत्तले जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले भने, ‘ठमेल, दरबारमार्ग, नयाँ बसपार्कलगायत जहाँ धेरै बालबालिका जान्छन् त्यस्ता क्षेत्रमा उक्त अभियान चलाउँदै आएका छौँ ।’ 

वृत्तले यसअघि ठमेल क्षेत्रका विभिन्न होटल, रेष्टुराँ तथा क्लबमा काम गर्ने ७८ बालबालिकाको उद्धार गरी सम्बन्धित अभिभावकलाई जिम्मा लगाएको थियो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *