दिलिपको हत्यापछि टिपरले पेलेको परिवारको आरोप

पुष २५, धनुषा । धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरमा शुक्रबार बिहान टिपरको ठक्करबाट मृत्यु भएका दिलिपका आफन्तले दिलिपलाई मारेर टिपरले पेलेको आरोप लगाएका छन् । 

गाउँमा पटक–पटक खोला उत्खनन बन्द गर्नुपर्ने चर्को आवाज उठाएका दिलिपकुमार महतो क्रसर उद्योगीको निशानामा परेका थिए । आज बिहान खोला किनारमा मर्निङवाक गएका बेला उनको टिपरको ठक्करले मृत्यु भएको प्रहरीले जनाएको छ । 

यसैबीच मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम आएका परिवारजनले क्रसर उद्योगीले हत्या गरेको बताएका छन् । पहिला हत्या गरेको अनि त्यसपछि टिपरले किचेको मृतकको परिवारजनको आशंका छ ।   

खोला उत्खननविरुद्ध आवाज उठाउँदा प्रहरीले युवालाई सहयोग नगरी क्रसर उद्योगीलाई नै सहयोग गर्दै आएको मृतकका काकाका छोरा वीरेन्द्रले बताए । 

दिलिपलाई किच्ने ना, ७ ख ६४१३ नम्बरको टिपर प्रहरी नियन्त्रणमा रहे पनि चालक फरार रहनुमा पनि प्रहरीले आशंका गरेका छन् । 

यसैबीच घटनाको विरोधमा स्थानीयहरुले पूर्व पश्चिम राजमार्ग अवरुद्व गरेका थिए । अवरुद्ध राजमार्ग खुलाउन गरेपछि त्यसलाई खोलाउन प्रहरीले बल प्रयोग गरेको छ । चक्काजाम खुलाउन १० राउण्ड अश्रु ग्यास प्रहरीले प्रहार गरेको छ । अश्रुग्यास हानेर प्रदर्शनकारीलाई हटाएपछि अहिले राजमार्ग खुलेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *