सर्लाहीमा दुईजना उम्मेदवारलाई लक्षित गरी बम विस्फोट

मंसिर १८, सर्लाही । सर्लाहीमा आज मात्रै २ वटा बम बिस्फोट भएको छ । सर्लाही क्षेत्र ३ बाट प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिएका नरेन्द्र साहको गाडीलाई लक्षित गरी बम विस्फोट गराइएको छ ।

हजारीयावाट क्षेत्रीय सडक हुँदै कर्मैया तर्फ जाँदै गर्दा पूर्व–पश्चिम राजमार्ग भन्दा तीन किलोमिटर दक्षिणमा बिहान करिब ७ बजे विस्फोट गराइएको हो । बिस्फोट बाट ना २ च २०१९ नम्बरको जीपमा क्षति भने नभएको प्रहरीले जनाएको छ ।

यसैबीच सदरमुकाम मलंगवास्थित एक स्वतन्त्र उम्मेदवारको घरमा पनि बम विष्फोट भएको छ । क्षेत्र नं. २ की स्वतन्त्र उम्मेदवार राधा मौसीको घरमा पार्किङ गरेर राखिएको एच पी १९ सी ९९७३ नम्बरको गाडीभित्र बम विष्फोट भएपनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *