फरवार्ड माइक्रोफाइनान्सको सातौं वार्षिक साधारण सभा आज, बम्पर लाभांशको प्रस्ताव

पुस २९, काठमाडौं । सुनसरीको दुहवीमा प्रधान कार्यालय रहेको फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लि.को सातौं वार्षिक साधारण सभा आज बस्दैछ ।   

फरवार्डको केन्द्रीय कार्यालयमा बस्न लागेको यसपटकको साधारण सभाले आफ्ना शेयरधनीलाई गत वर्षको मुनाफाबाट बम्पर लाभांश प्रस्ताव गरेको छ ।   

फरवार्डले गत वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरेको चुक्ता पुँजी ३७ करोड ७६ लाख ७२ हजार रुपैयाँको कुल ४५ प्रतिशतले हुन आउने १६ करोड ९९ लाख ५२ हजार ४०० रुपैयाँ बराबर लाभांश कुल ४५ प्रतिशत लाभांश अनुमोदन गर्ने कार्यक्रम छ । 

संस्थाले चुक्ता पुँजीको ३२.५० प्रतिशतले हुन आउने १२ करोड २७ लाख ४३ हजार ४०० रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने फरवार्डका प्रमुख कार्यकारी अधिकृत आशनारायण चौधरीले जानकारी दिए ।   

त्यस्तै चुक्तापुँजीको १२.५० प्रतिशतले हुन आउने चार करोड ७२ लाख ९ हजार रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

यसैगरी सातौं साधारणसभामा सभामा अन्य कुनै इजाजतपत्र प्राप्त ‘घ’ वर्गका वित्तीय संस्थाहरुलाई गाभ्ने गाभिने तथा प्राप्ति गर्ने प्रयोजनका लागि गरिने सम्पूर्ण कार्यको पूर्ण अख्तियार सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गर्ने बताइएको छ । भने, संस्थाको नाम परिवर्तन सम्बन्धी प्रस्ताव पनि पारित हुने भनिएको छ । 

पुस १४ गतेसम्म कायम सेयरधनीहरुमात्र साधारणसभामा भाग लिन र लाभांश प्राप्तिका लागि योग्य हुनेछन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *