एक रुपैँयाको निर्यात हुँदा १६ रुपैँयाको आयात

वैशाख १७, चितवन । सरकारले समृद्ध नेपाल सुखी नेपाली भन्ने नारालाई जोडतोडका साथ उठाएको छ । स्वदेशमा उत्पादन वृद्धी गर्ने,रोजगार सृजना गरि समृद्ध नेपाल वनाउने लक्ष्य लिएको छ । 

 

तर वार्षिक अर्बाैको वस्तु आयात गर्न नेपाल बाध्य छ । आयातमुखी बन्दा नेपालको अर्थतन्त्र ओरालो लाग्दै गएको छ । आयातलाई प्रतिस्थापन नगरे सम्म मुलुकमा समृद्धी नआउने सरोकारवालाहरु वताउँछन् । 

null

वार्षिक आयात वढ्दै गएको प्रति उनीहरुको चिन्ता समेत छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र र रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा मंगलवार सौराहामा आयोजित व्यापार सहजीकरण एवंम् निर्यात प्रर्वधन सम्वन्धी अर्न्तक्रिया कार्यक्रममा सरोकारवालाहरुले आयातलाई प्रतिस्थापन गर्न स्वदेशी उत्पादनलाई बढाउनु पर्ने वताएका छन् । 

हाल नेपालबाट १ रुपैया बराबरको कृषि जन्य पर्दाथ बाहिरी मुलूकमा जाँदा अन्य मुलूकबाट १६ रुपैया बराबरको कृषि जन्य पर्दाथ भित्रिने गरेको व्यापार तथा निकासी  प्रर्वधन केन्द्रका निमित्त कार्यकारी निर्देशक सुयस खनालले वताए । 

व्यापारिक प्रर्दशनी केन्द्र नहुनु,शीत भण्डारको अभाव हुँदा वाहिरी मुलकबाट अर्वौको वस्तु आयात गर्नु परेको उनको भनाई छ । प्रदेश सांसद कृष्ण प्रसाद खनालले नेपालको समृद्धीको आधार कृषि,उर्जा र पर्यटन रहेको उल्लेख गर्दै यी तीन क्षेत्रमा सरकारले प्राथमिकता दिनु पर्ने औल्याए । आयातमुखी अर्थतन्त्रलाई विस्थापन नगरे सम्म मुलुकको विकास सम्भव नरहेको उनले वताए । 

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश ३ का कोषाध्यक्ष ज्ञानवहादुर विसुरालले नेपालबाट धेरै वस्तुहरु निकासी गर्न सकिने भएपनि नितिगत समस्या रहेको वताए । रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीले चितवन पोल्ट्री,केरा,मह र माछामा अव्वल रहेको उल्लेख गर्दै यहाँ उत्पादनलाई राष्ट्र अन्र्तराष्ट्र सम्म व्यापार गर्ने वातावरण तयार गर्नु पर्नेमा जोड दिए । कार्यक्रममा केन्द्रका उपनिर्देशक राजेन्द्र सिंहले व्यापार तथा निकासी प्रवद्र्धनका गर्न सकिने क्रियाकलापका बारे कार्यपत्र प्रस्तुत गरेका थिए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *