जाडो मौसममा अनुहारमा के नलगाउँने र के लगाउँने ?
यो जाडो मौसममा अनुहार धेरै सुख्खा हुने र फुट्ने हुन्छ । यो मौसममा हामीले हाम्रो अनुहार एकदम राम्रो सँग हेरबिचार गर्नु पर्ने हुन्छ । यो मौसममा अनुहारमा केही कुरा लगाउँनु अगाडी त्यो कुराले कस्तो असर गर्छ ध्यान दिनु जरुरी हुन्छ । हामी अनुहार सुन्दर बनाउँन केही चिजहरु लगाउँछौ तर त्यसको जानकारी थाहा नपाई लगाउँदा झन् हाम्रो सौन्दर्य बिग्रन्छ । ब्यूटी एक्सपर्टसहरु ले यी तल दिएका केही चिजहरु जाडो मौसममा नलगाउनु नै बेस्ट बताएका छन् ।
कागतीयसमा पाईने साइट्रीक एसिडले अनुहारको चमक कम हुन्छ । जसले छालाको कालोपन बढाउँछ ।
null
सिरकाभिनेगरमा एसिड हुन्छ । यसलाई पानीमा नमिलाएर अनुहारमा सिधै लगाउँदा छालाको ओयल कम हुन्छ र कालोपन बढ्छ ।
बियरबियरको एसिडिक नेचरले छाला सुख्खा हुन्छ । यसलाई दिनहुँ प्रयोग गर्नाले छालाको चमक कम हुनथाल्छ ।
बेकिंग सोडायसमा पाईने अल्केलाइड्सले छालाको एज् लेभल सन्तुलित रहँदैन । यसले छालामा दाग–धब्बा बन्छ र चमक कम हुन्छ ।
पुदिनायसमा मेन्थोल हुन्छ । यसले अनुहारको नरमपन कम गर्छ र कालोपन बढ्छ ।
सुन्तलासुन्तला र यसको बोक्रामा साइट्रीक एसिड हुन्छ । यसले छालाको रंग कालो हुन्छ ।
यस मौसममा अनुहारमा के लगाउँदा रंग गोरो हुन्छ काँचो दूध लगाउनुहोस् । यसले छालाको सुख्खापन कम हुन्छ र चमक बढ्छ । ओलिभ ओयल लगाउनुहोस् । यसले छालाको नरमपन बनाई राख्छ र रंग गोरो हुन्छ ।