वीपी प्रतिष्ठानमा आजबाट कोरोना परीक्षण सुरु हुने, मुख्यमन्त्रीले उद्घाटन गर्दै

चैत्र १६, धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना भाइरस (कोभिड–१९) को परीक्षण सुरु हुने भएको छ ।   

सरकारले १ नं. प्रदेशमा कोरोना भाइरस परीक्षण सुरु गर्न वीपी प्रतिष्ठानमा आयश्यक सामग्री पठाइसकेको थियो । प्रतिष्ठानका सहप्रवक्ता डा. अशोक ऐरले कोरोना भाइरस परीक्षणको सम्पूर्ण तयारी पुरा भएको बताए ।   

‘आजबाट कोरोना भाइरस परीक्षण सुरु हुन्छ । आज ११ बजे मुख्यमन्त्रीबाट कोरोना परीक्षणको उद्घाटन गर्ने कार्यक्रम छ ।’ सहप्रवक्ता डा. ऐरले भने ।   

प्रतिष्ठानमा कोरोना परीक्षण सुरु भएपछि पूर्वाञ्चलबाट कोरोनोको स्वाब काठमाडौं पुर्याउनुपर्ने बाध्यता रहँदैन । प्रतिष्ठानकै ल्यावलाई स्तरोन्नती गरी सरकारले कोरोना भाइरस परीक्षणको आवश्यक सामग्री उपलब्ध गराएको हो ।   

सुरूआती दिनमा दैनिक १२ जनाको स्वाब परिक्षण गर्न सकिने गरी ल्याब तयार गरिएको छ । पछि परीक्षणको दायरा बढाइने प्रतिष्ठानले भनेको छ । प्रतिष्ठानको ल्यावमा दैनिक ३० वटासम्म परीक्षण गर्न सकिने क्षमता रहेको छ ।   

प्रतिष्ठानले शुरुवाती केही स्वाब परीक्षणलाई विस्वस्नीय बनाउन टेकूमा पुन पठाउने तयारी गरेको छ । प्रतिष्ठानको ल्याब विस्वसनीय भएपनि कुनै त्रुटी भएको नभएको यकिन गर्न सुरुवाती परीक्षण राजधानी पठाउने छ ।   

प्रतिष्ठानले अहिलेसम्म १९ वटा कोरोना टेस्ट गरेकोमा १६ वटा कोरोना नेगेटिभ देखिएको छ । भने, ३ वटा टेस्टको रिपोर्ट आउन बाँकी रहेको छ । प्रतिष्ठानले आजसम्म ८० जनाको स्क्रिनिङ गरेकोमा ९ जनालाई सरकारी क्वारेन्टाइनमा राखेकोमा ७१ जना सेल्फ क्वारेन्टाइनमा रहेका प्रतिष्ठानका सहप्रवक्ता डा. ऐरले बताए ।  

प्रतिष्ठानले हाल २ वटा भेन्टिलेसर सहित ३२ वटा आइसोलेसन बेड तयार पारेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *