नायिका स्वेता खड्काले गरिन् मायाज व्युटी पार्लरको उद्घाटन

माघ १८, काठमाडौँ । लोकप्रिय नायिका स्वेता खड्काले कलंकीमा अवस्थित मायाज ब्युटी पार्लर एण्ड ट्रेनिङ्ग सेन्टरको चौंथो  शाखा शुभारम्भ गरेकी छन । सौन्दर्यविद गिता गिरीले सञ्चालनमा ल्याएको यस पार्लरको चौथो शाखामा नायिका स्वेताले रिबन र केक काटेर शुभाराम्भ गरेकी हुन् । बिगत दुई दशक भन्दा बेसी समय देखि सौन्दर्य व्यवसाय गर्दै आएकी गीता गिरिले कलंकीमा नयाँ पार्लर सञ्चालनमा ल्याएकी छन् । 

गुणस्तर युक्त प्रविधि, सेवामुलक र सम्पूर्ण सुबिधा सम्पन्न भएको मायाज ब्युटी पार्लर एण्ड ट्रेनिङ्ग सेन्टरमा जहाँ दक्ष अनुभवि सौन्दर्यकर्मी द्वारा सेवाग्राहीले सेवा लिन पाउनेछन् । यसका साथै यस पार्लरमा अन्तराष्ट्रिय स्तरको हेयर स्टायल ट्रेनिङ्ग, मेकअप ट्रेनिङ्ग, सेल्फ मेकअप, प्रोफेसनल ट्रेनिङ्ग लगायतका ट्रेनिङ्गको ब्यबस्था गरिएको छ ।   

ट्रेनिङ्गमा विद्यार्थीहरुलाई ५०५ सम्म छुट गरिएको छ भने काठमाडौँ बाहिर बाट आउने बिद्यार्थीहरुको लागि होस्टलको समेत व्यवस्था गरिएको छ ।   

null

मायाज ब्युटी पार्लर एण्ड ट्रेनिङ्ग सेन्टरले अल नेपाल ब्युटिसियन सेमिनार तथा ट्रेनिङ्गहरु समेत गर्दै आएको जानकारी मायाज ब्युटी पार्लर एण्ड ट्रेनिङ्ग सेन्टरकि अध्यक्ष गीता गिरीले गराएकी छन् । नायिका खड्काले केक काटेर नयाँ शाखा सफलताको शुभकामना दिएकी छन्।   

उक्त अवसरमा अतिथिहरुमा संचारकर्मी निर्देशक तथा कलाकार सुर्य चन्द, मोडल समाजसेवी तथा सौन्दर्यकर्मी निकिता पाण्डे लगायतका समाजसेवी, सौन्दर्यकर्मीहरु र संचारकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *