आज बेलुकासम्म पार्टी एकताको काम टुंग्याउँछौँः प्रचण्ड

असार ३१, काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा कम्युनिष्टहरुको इतिहास, विभाजन र एकताको प्रक्रियालाई देशभित्र र बाहिरका प्रतिक्रियावादीहरुले अवरोध गर्न खोजेको बताएका छन् । 

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष दाहालले यस्तो धारणा राखेका हुन् । कम्युनिष्टलाई लोकप्रिय मत कसैले माया गरेर नदिएको भन्दै उनले आफ्नै त्याग, तपस्या र बलिदानबाट प्राप्त भएको स्पष्ट पारे । 

जनअपेक्षा अनुसार विकास निर्माणका काम गर्न तथा राजनीतिक स्थायित्व कायम गर्न पार्टी एकीकरण गरिएको उनको दाबी छ । 

null

एकीकरणका क्रममा विभिन्न खालका घेराबन्दी र दबाब आएको स्मरण गराउँदै उनले जनता र कार्यकर्तामाझ गरेको प्रतिबद्धतालाई जीवराज आश्रित र मदन भण्डारीको स्मृतिका दिन नै पार्टी एकताको घोषणा गरेको स्पष्ट पारे । 

कार्यक्रममा उनले एकीकरणका बाँकी काम आज साँझसम्म टुंग्याउने पनि जानकारी गराए । 

उनले भने, ‘पार्टी एकताको बाँकी काम असार मसान्तमा सक्ने भनेर अर्का अध्यक्ष केपी ओली र मैँले यो महिनाभित्रै पार्टी एकताको काम टुंग्याउने भनेका छौँ । सकेसम्म आज कार्यविभाजन, ज्येष्ठ कम्युनिष्ट मञ्च, सल्लाहकार परिषद अनि विशेष कमिटीहरु, विभागहरु, आयोगहरु आजै टुंग्याउने तयारीमा छौँ ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *