सिटिजन्स बैंक र टेस्ला डायग्नोस्टिक क्लिनिक बिच छुट सम्झौता
मंसिर २६, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र टेस्ला डायग्नोस्टिक क्लिनिक, बालुवाटार बिच बैंकका ग्राहकलाई विशेष छुट दिने समझदारी भएको छ ।
बैंकका ग्राहकहरुले हस्पिटलको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
उक्त सम्झौता पश्चात् सिटिजन्स बैंकका डेबिट, क्रेडिट, प्रिभिलेज कार्डवाहक र खाता भएका ग्राहकहरुले टेस्ला डायग्नोस्टिक क्लिनिक सेवा लिँदा विशेष छुट पाउने छन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने बैंकको विश्वास छ ।
बैंकले हाल देशैभरी फैलिएका आफ्ना ८५ वटा शाखा, ८४ वटा एटिएम र १०२ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिब पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
साथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरूे छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने उद्देश्यले बैंकले सात वटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेको प्रवक्ता उमंग शर्माले जानकारी दिए ।