घर लैजानका लागि सांसदलाई ल्यापटप दिन लागिएको होइनः सभामुख महरा

असार १६, काठमाडौं । प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले संसदलाई पेपरलेस बनाउनका लागि ल्यापटप बाँड्न लागिएको स्पष्ट पारेका छन् । 

६१ औँ संसद दिवसको अवसरमा सिंहदरबारस्थित कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाहलमा सोमबार आयोजित कार्यक्रममा सभामुख महराले सांसदलाई ल्यापटप दिने कुराको स्पष्टिकरण दिएका हुन् । 

उनले भने, ‘सांसदका लागि खरिद गरिने भनिएका ल्यापटप संसदीय प्रयोजनका लागि ल्याइन लागिएको हो । सांसदलाई घरमा लैजान होइन, छिटो र छरितोका लागि संसदलाई पेपरलेस बनाउन हो । विशुद्ध संसद्‌मा संसदीय प्रयोजनका लागि हो ।’ 

null

६१ औँ संसद दिवसको अवसरमा आज सांसदहरुको भिडियो प्रोफाइल पनि सार्वजनिक गरिएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा, प्रतिनिधिसभाका सभामुख, उपसभामुख र राष्ट्रियसभाका अध्यक्ष र उपध्यक्षको भिडियो प्रोफाइल सार्वजनिक गरिएको हो । 

सरकारको सबै प्रणालीलाई ‘पेपरलेस’ गरी डिजिटलाइज्ड बनाउने अभियानअन्तर्गत नै सांसदहरूको भिडियो प्रोफाइल तयार पारिएको हो । 

पहिलो चरणमा ३ सय ३१ सांसदको भिडियो प्रोफाइल तयार भएको छ । भिडियो प्रोफाइलमा सांसदको संक्षिप्त जीवनी तथा राजनीतिक जीवन समेटिने बताइएको छ। 

सांसदका भिडियो प्रोफाइल संसद्‌को वेबसाइट तथा सामाजिक सञ्जाल युट्युबमा राखिने सचिवालयले जनाएको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *