लिभरपुुलको सानदार जित, सलाहको ५० गोल पुुरा

एजेन्सी । च्याम्पियन्स लिग फुटबलमा इंग्लिश क्लब लिभरपुलले सहज जित निकालेको छ । समूह चरण अन्तर्गत बुधबार राति भएको खेलमा लिभरपुलले रेड स्टार बेलग्रेडलाई ४ – ० ले हराएको हो । 

घरेलु मैदानमा मोहमद सलाहले दुई तथा रोबर्टो फिर्मिन्हो र साडियो मानेले एक एक गोल गरेपछि लिभरपुलले सहज जित निकालेको हो । समूह चरणमा लिभरपुलको यो शतप्रतिशत जित हो । 

 

null

एनफिल्डमा खेलको २० औं मिनेटमा फिर्मिन्होले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाए । खेलको ४५ औं मिनेट सलाहले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनाए । 

खेलको ५१ औं मिनेटमा सलाहले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई ३ – ० को अग्रता दिलाए । यो संगै सलाहले लिभरपुलका लागि ५० औं गोल पुरा गरेका छन् । सलाहले ६५ खेलमा ५० गोल पुरा गरेका हुन् । 

 

खेलको ७६ औं मिनेटमा लिभरपुलले पेनाल्टी पाएको थियो । तर मानेले गोल गर्न सकेनन् । त्यसपछि खेलको ८० औं मिनेटमा मानेले नै गोल गर्दै लिभरपुललाई ४ – ० को सहज जित दिलाए । 

 

जितसंगै समूह सी लिभरपुलले ३ खेलबाट ६ अंक जोडेको छ ।  लिभरपुल समूहको शीर्ष स्थानमा छ । र, लिभरपुलले नकआउट चरणमा पुग्न्ने सम्भावना बलियो बनाएको छ  । १ अंक जोडेको बेलग्रेड पुछारमा छ । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *