बेलायतमा कोरोनाबाट एक नेपाली व्यवसायीको मृत्यु
मकालु खबर
२०७७ वैशाख ८ गते
वैशाख ८, काठमाडौं । बेलायतमा कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट फेरि एक नेपालीको मृत्यु भएको छ ।
त्यहाँ आफ्नै एकाउन्टिंग व्यवसाय गरिरहेका ४६ वर्षीय चार्टर्ड एकाउन्टेन्ट ध्रुब कुमार श्रेष्ठको कोरोना संक्रमणबाट मृत्यु भएको हो । पोखरास्थित बगाले टोल घर भएका उनी विगत १८ वर्षदेखि बेलायतस्थित साउथ इष्ट लन्डनको वुल्वीचमा बस्दै आएका थिए ।
ज्वरो, खोकी लगायत स्वास प्रश्वासमा समस्या देखिएपछि उनलाई १० दिनअघि लन्डनस्थित सेन्टथोमस अस्पतालमा भर्ना गरिएको थियो । उनको अस्पतालमा उपचारका क्रममा शनिबार राति मृत्यु भएको बताइएको छ ।
मकालु खबर
२०७७ वैशाख ८ गते
प्रतिक्रिया
सम्बन्धित