नरेन्द्र मोदीको हत्या गर्न चाहन्छन् यी नेता
फागुन २१, काठमाडौँ । कांग्रेस नेता बेलुर गोपालकृष्णले एक पार्टी समारोहमा लोकतान्त्रिक विधिबाट चयन भएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हत्या गर्ने बताए । नेता गोपालकृष्णले एक समारोहमा पीएम मोदीको हत्या गर्न आह्वान गरेका हुन् ।
कर्नाकट भाजपाकाे आधिकारिक ट्वीटरबाट कांग्रेस नेताको भिडियो ट्वीट गर्दै भाजपाले देशका पीएमको हत्याका लागि उत्तेजित बनाउनु, उक्साउनु राष्ट्रको लागि खतरा भएकाे भन्दै पार्टीकाे ध्यानाकर्षण गराएकाे छ । भाजपाले गृहमन्त्रालय तथा बैंग्लोर प्रहरी काश्मिरबाट तुरुन्त कानूनी कारवाही गर्न आग्रह गरेको छ ।
null
कर्नाकट विधानसभा चुनावपछि गोपालकृष्ण भारतीय जनता पार्टी (भाजपा) छोडेर काँग्रेसमा प्रवेश गरेका थिए । शिवामोगा जिल्लाका सागरले निर्वाचन क्षेत्रबाट टिकट नपाएका कारण गोपालकृष्ण भाजपासँग असन्तुष्ट बनेका थिए ।
कांग्रेसमा प्रवेश गरेपछि बलूरले भाजपामाथि आरोप लगाउँदै भाजपा झुटो पार्टी भएको बताए । उनले इमान्दार मानिसहरुको भाजपा पार्टीमा केही काम नभएको दावी गरे ।
उनले भने, ‘म विना कुनै शर्त कांग्रेसमा प्रवेश गरेको हुँ । मैले सागर निर्वाचन क्षेत्रका वरिष्ठ कांग्रेस नेता र राजस्व मन्त्री कागोडू थिमप्पालाई जिताउन काम गर्ने फैसला गरेको छु ।’