बुढासुब्बा गोल्डकपको २१ औ संस्करण माघ २६ बाट

पुस १३, धरान । धरानकै प्रतिष्ठित बुढासुब्बा रेडबुल गोल्डकप फुटबलको २१ औं संस्करण माघ तेश्रो साता अर्थात २६ गतेबाट हुने भएको छ। आयोजक धरान फुटबल क्लवले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता माघ २६ गतेबाट सुरु भई फागुन ४ गते सम्म हुने जानकारी दिएको हो। 

 

प्रतियोगिता धरान–१६ स्थित धरान रंगशालामा हुनेछ । बिगतको दिनमा देशको असहज परिस्थितिले गोल्डकप आयोजना गर्नु चुनौतीपूर्ण भए पनि अघिल्लो बर्ष प्रतियाेगिता नाफामा गएकाेले यसवर्ष अझ सफल हुने अपेक्षा लिएको धरान फुटवल क्लबका अध्यक्ष तथा एन्फा बरिष्ठ मानार्थ उपाध्यक्ष किशोर राईले बताए। 

null

प्रतिस्पर्धामा दुई विदेशी सहित ८ फुटवल क्लबले भाग लिने छन् । क्लवका अनुसार यसपटक शहिद स्मारक लिग विजेता मनाङ मस्र्याङ्दी, विभागिय टीम त्रिभुवन आर्मी, नेपाल पुलिस, थ्री स्टार फुटवल क्लब, सहारा क्लव पोखरा, बंगलादेशकाे धनमुन्दी क्लव, भारतकाे अल ईन्डीया एफ सी दुलियाजान आसाम र आयोजक धरान फुटवल क्लवको सहभागिता रहने दावि गरिएकाे छ । 

आमन्त्रित टिममा धनमुन्दी क्लव बंगलादेश र भारतीय ए–डिभिजन क्लव रहने आयोजकले जनाएको छ। यस पटक आयोजकले पुरस्कार राशि बढाएको छ। प्रतियाेगिताकाे बिजेताले ८ देखी १० लाख र उपबिजेताले ५ लाख रुपैयाँ नगद पाउने अध्यक्ष राइले जानकारी दिए । गत संस्करणमा बिजेताको ६ लाख र उपबिजेताको ३ लाख नगद पुरस्कार पाएका थिए । 

प्रतियाेगितामा उत्कृष्ट खेलाडीले होण्डाको डियो स्कुटर पाउँने छन् भने, सर्वाधिक गोलकर्ता खेलाडीलाइ नगद ३० हजार दिइनेछ । उत्कृष्ट गोल रक्षकलाई २५ हजार, उत्कृष्ट डिफेन्डर २५ हजार, तथा मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई जनही २५/२५ हजार नगद पुरस्कार दिइनेछ । 

प्रतियाेगितामा ७४ लाख ६७ हजार ५ सय आम्दानी हुने बताइएकाे छ । भने, प्रतियाेगिता सम्पन्न गर्न कूल ६० लाख २५ हजार रुपैँया खर्च हुने अनुमान छ। धरान उपमहानगरपालिका संयोजक रहेको गोल्डकपको मुख्य प्रायोजक रेडबुल (जिबी मार्के्टिङ प्रा.लि.) रहेकाे छ ।  

प्रतियाेगिता भब्य रूपमा सम्पन्न गर्न विभिन्न समितिहरू गठन गरिएकाे छ । जसमा आर्थिक समितिको संयोजकमा मिन कुमार सुब्बा, सह संयोजक धनबहादुर राई रहेका छन । प्रचार प्रसार समितिमा क्लवका महासचिव प्रताप तामाङ र रामकृष्ण खड्का रहेका छन । 

क्लबका सुदिप उप्रेती र शिव मगरलाई मैदान मर्मत समितिमा राखिएको छ । आयोजक टिम तथा तयारी उपसमितिमा सतिश केसी र प्रशिक्षक सागर घिमिरे र अर्जुन राई रहेका छन । 

धरानको खेलकुदको एक मात्र प्रतिष्ठाको रुपमा रहेको बुढासुब्बा गोल्डकप बि.स. २०५५ सालमा सुरू भएकाे थियाे । प्रतियाेगिताकाे गत वर्षकाे उपाधि विभागिय टीम नेपाल प्रहरीलाइ हराउँदै थ्रिस्टार क्लबले जितेकाे थियाे ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *