सञ्चार माध्यममा विदेशी लगानी भित्र्याउन दिँदैनौँः मन्त्री बाँस्कोटा

 

असार ३०, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सञ्चार माध्यममा विदेशी लगानी भित्र्याउन नदिने दाबी गरेका छन् । 

सोमबार काठमाडौंमा सञ्‍चार उद्यमीहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सञ्चार माध्यममा विदेशी लगानीले हिंसा र आतंकवादी क्रियाकलापलाई प्रश्रय दिने सम्भावना धेरै रहने बताए । 

null

केही दिन यता केही सञ्चार माध्यममा हिंसालाई प्रश्रय दिने खालका समाचार आउन थालेकोमा आपत्ति जनाउँदै उनले सञ्चार माध्यामहरुले आतंकवादी गतिविधिलाई हेर्ने दृष्टिकोण स्पष्ट पार्नुपर्ने बताए । 

मन्त्री बास्कोटाले श्रमजीवि पत्रकारहरुलाई न्यूनतम पारिश्रमिक नदिने सञ्‍चार माध्यामलाई कारवाही हुने पनि बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *