एउटा आमाले दुई बाबुकाे सन्तान एकसाथ जन्माएपछी
जेठ २२ । जुम्ल्याहा बच्चा जन्मिएको खुसीमा एउटा चिनियाँ जोडी थियो । तर, यो खुसी लामो समय रहेन । उनीहरुले जन्मिएका जुम्ल्याहा बच्चा हेरे, दुवै फरक थिए । उनीहरु झन् आश्चर्यमा त्यति बेला परे जब एउटा बच्चाको मात्र अनुहार ती बाबुसँग मिल्थ्यो ।
समाचार एजेन्सी रियोटर्सका अनुसार त्यसपछि उनीहरुले बच्चाहरुको डिएनए टेस्ट गर्ने निर्णय लिए । डिएनए परीक्षणको रिपोर्ट आएपछि थाहा भयो– ती जुम्ल्याहा बच्चा छुट्टाछुट्टै बाबुका रहेछन् ।
null
यस्ता घटनाहरु अत्यन्त विरलै हुन्छन् । तर, हुन्छन् । यस्तो अवस्थालाई अंग्रेजीमा ‘हेटेरोप्याटर्नल सुपरफेकुनडेसन’ भनिने गरिएको छ । तर, यस्ता घटनाहरु श्रीमतीमाथि प्रश्न नउठेसम्म बाहिर आउँदैनन् ।
सन् १९९२ मा गरिएको एक अध्ययनअनुसार २ प्रतिशत यस्ता घटनाहरु विश्वभर देखिने सम्भावना छ । यस्तो अवस्था चाहिँ जब महिलाको पाठेघरमा दुई पुरुषका शुक्रकिटबाट गर्भाधानको प्रक्रिया सुरु हुन्छ, तब यसको सम्भावना बढी हुने बताइएको छ । यस्तै घटना यसअघि सन् २०१५ मा पनि भएको थियो । अमेरिकाको न्यु जर्सीमा एक महिलाले जुम्ल्याहा जन्माएकी थिइन् । ती जुम्ल्याहाका बाबु पनि फरक फरक व्यक्ति भएको त्यति बेलाको डिएनए टेस्टले खुलाएको रियोटर्सले आफ्नो रिपोर्टमा जनाएको छ । एजेन्सी