कैलाली र कञ्चनपुरमा हावाहुरीको वितन्डा : दुईको मृत्यु, ७५ जना घाइते

धनगढी, २४ जेठ । सुदूरपश्चिम प्रदेशका दुई जिल्ला कैलाली र कञ्चनपुरमा बिहीबार साँझ आएको हावाहुरीले ठूलो धनजनको क्षति पुर्‍याएको छ । यो समाचार तयार पार्दासम्म भीषण हावाहुरीले दुईको मृत्यु भएको छ भने ७५ जना घाइते भएका छन् । मृत्यु हुनेमा धनगढीका वर्ष २६र२७ का बीरबहादुर चौधरी र लहानु चौधरी रहेका छन् ।बिहीबार साँझ ८ बजेतिर आएको हावाहुरीमा परि कञ्चनपुरमा पुरुष ३, महिला ८, बालक ५ र बालिका ५ जना गरि जम्मा २१ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय भामदत्तनगरले जनाएको छ । यस्तै कैलाली आसपासमा जम्मा ३० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । हावाहुरीका कारण घर टहराको छाना उठेको छ भने रुखहरु ढलेका छन् । 

घाइतेहरुको धनगढीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरु मध्ये केहीको अवस्था गम्भीर छ । घाइतेहरुको अहिले सेती अञ्चल अस्पताल र महाकाली अञ्चल अस्पतालमा उपचार भईरहेको छ । सेती अञ्चल अस्पतालमा हावाहुरीका कारण घाइते हुनेको संख्या ३२ पुगेको छ भने महाकाली अञ्चल अस्पतालमा सातजना भन्दा बढी घाइते पुगेको जनाइएको छ ।हावाहुरीले रुखहरु ढलेका छन् भने सयौं घरका छानाहरु उडाएको छ, बिजुलीको पोल ढालेर विद्युत सेवा अवरुद्ध भएको छ । जिल्लास्थित सुरक्षा निकायले क्षतिको विवरण संकलन गरिरहेको र उद्धारमा जुटेरहेका छन् । रातको समय भएकाले अन्य क्षतिको विवरण भने आउन सकेको छैन । अहिले हावाहुरी रोकिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *