भोजपुरका १३९ भूकम्पपीडितले पाए काठ
मकालु खबर
२०७४ जेठ १५ गते
भोजपुर, माघ १० । जिल्ला वन कार्यालय, भोजपुरले भूकम्पपीडित घरधुरीलाई सहुलियतमा काठ वितरण गरेको छ ।
आर्थिक वर्ष २०७३÷७४ मा निवेदन आएका मध्येबाट १३९ भूकम्पपीडित घरधुरीलाई वन कार्यालयले काठ वितरण गरेको हो ।
काठ सामुदायिक वनबाट सात हजार ४१२ दशमलव १२ र निजी बनबाट एक हजार ४५६ क्युफिट वितरण गरेको जिल्ला वन कार्यालयका वन अधिकृत रामबाबु शाहले जानकारी दिए ।
निर्देशिकाअनुसार सामुदायिक र निजी वनमार्फत पीडितलाई काठ दिएको कार्यालयको भनाइ छ ।
भूकम्पपीडितले जिल्ला वन तथा आफ्नो क्षेत्रको सामुदायिक वनमा निवेदन दिएर ५० क्युफिटसम्म काठ ९० प्रतिशत सहुलियतमा पाउने जिल्ला वन कार्यालयको भनाइ छ । सहुलियतमा काठ लिनका लागि १६५ जनाको निवेदन परेको थियो ।
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित