राप्ती प्रतिष्ठानलाई कोरोना विशेष अस्पताल बनाउने सरकारको तयारी

चैत्र १६, काठमाडौं । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ल्याव सहितको कोरोना विशेष अस्पताल बनाउने तयारी गरिएको छ । ५ नं. प्रदेशमा कोरोना भाइरसको उपचारकालागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोरोना विशेष अस्पतालका रुपमा सञ्चालन गरीन लागिएको हो ।   

५ नं. प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले स्वास्थ्यमन्त्री भानुभक्त ढकालसँगको कुराकानीमा राप्ती प्रतिष्ठानलाई ल्याव सहितको विशेष अस्पताल बनाउन तयारी भएको बताएका छन् ।   

मकालु खबरले दुई दिन अघि प्रदेश र स्थानीय सरकारले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग समन्वय र सहकार्य नगरेको समाचार प्रकाशित गरेको थियो । प्रतिष्ठानका डीन डा. सन्तोष लामिछानेले समेत प्रतिष्ठानमा कार्यरत चिकित्सकको सुरक्षाका लागि कुनै साधन उपलब्ध नगराएको बताएका थिए ।   

‘कोरानाका विरामी हेर्ने डाक्टरलाई मास्क छैन, नगरपालिकाका नर्सहरु फुल लेयर चस्मा लगाएर सेल्फी खिच्छन्’ शिर्षकमा प्रकाशित समाचार पछि ५ नं. प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले स्वास्थ्यमन्त्री भानुभक्त ढकालसँग कुरा गरेर प्रतिष्ठानमा पिसिआर ल्याव स्थापना गरी विशेष अस्पताल बनाउन सरकार तयार भएको जनाएका थिए ।   

प्रतिष्ठानलाई कोरोना भाइरस विशेष अस्पताल बनाउने सरकारी तयारीले ५ नं. प्रदेशका जनतालाई राहत मिलेको प्रतिष्ठानकी उपकुलपति प्रा.डा. संगिता भण्डारीले बताइन् । ‘सरकार राप्ती प्रतिष्ठानलाई कोरोना विशेष अस्पताल बनाउन तयार रहेको भनिएको छ । यसले ५ नं. प्रदेशलाई ठूलो सहयोग त पुग्छ नै तर, अहिलेसम्म के के गर्ने टुंगो भसकेको छैन ।’ राजधानीमा स्वास्थ्यमन्त्रीसँग भेट गरेरै आवश्यक पहल गर्न आएकी उनले भनिन् । ‘विशेष अस्पताल बनाउने भनेर मात्र भएन, मुख्य कुरा जनशक्ति चाहिएको छ । पिसिआर लगायत चिकित्सक र विरामीको सुरक्षाकालािग चाहिने सामग्री अभाव छ ।’ डा. भण्डारीले भनिन् ।   

उनले स्वास्थ्यमन्त्री पनि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोरोना विशेष अस्पताल बनाउन सकारात्मक रहेकोले केही पोजेटिभ कुरा आउने बताइन् । ‘मेरो आजपनी स्वास्थ्यमन्त्री ज्यूसँग भेटघाट गर्ने कार्यक्रम छ । उहाँ पोजेटिभ हुनुहुन्छ । फेरी सामानपनि आजै आएको हो, भोलीसम्म केही पोजेटिभ कुरा आउछ होला ।’   

प्रतिष्ठानमा कार्यरत चिकित्सक, नर्सहरु असुरक्षित रुपमा कोरोना भाइरस रोकथाम र संक्रमितको आशंकामा आएका हरुको उपचारमा लागेपनि उनीहरुको स्वास्थ्य नै जोखिममा रहेको तथा स्थानीय र प्रदेश सरकारले कुनै सहयोग नगरेको तीन दिनअघि मकालु खबरमा समाचार प्रकाशित भएको थियो । समाचारमा स्थानीय निकायका नर्सहरुले फुल लेयरको चस्मा सहित पोशाक लगाएर काम गर्दा राप्तिका डाक्टरहरु सामान्य मास्क विना काम गर्न बाध्य रहेको समाचार थियो । उक्त समाचारकै प्रभावमा सरकारले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोरोना विशेष अस्पताल बनाउने भनेको हो ।   

याे पनि हेर्नुहाेस 

http://www.makalukhabar.com/news/951877 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *