समाज सुधारक फाल्गुनन्दको अभियान आज पर्यन्त स्मरणीय छः प्रधानमन्त्री ओली

कात्तिक २५, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले फाल्गुनन्दले सामाजिक विकृति हटाउनका लागि सुरु गरेको अभियान स्मरणीय रहेको बताएका छन् । 

समाज सुधारक फाल्गुनन्दको १३४ औँ जन्मजयन्तीका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय विभूति तथा समाज सुधारक फाल्गुनन्दले सामाजिक विकृति, विसङ्गति हटाउनका लागि शुरु गरेको अभियान आज पर्यन्त स्मरणीय रहेको बताएका हुन् । 

प्रधानमन्त्री ओलीले उनले समाज सुधारको लागि जारी गरेको घोषणापत्र आज पनि उत्तिकै सान्दर्भिक भएको बताए । 

null

शुभकामना सन्देशमा भनिएको छ, “फाल्गुनन्दले विसं १९८८ वैशाख २४ गते पाँचथरको लोब्रेकुटीबाट जारी गरेको समाज सुधारको सात बुँदे घोषणापत्र आज पनि उत्तिकै सान्दर्भिक छ । मलाई लाग्छ त्यो घोषणापत्रले हाम्रो समाज सुधारका लागि ठूलो योगदान ग¥यो ।” 

फाल्गुनन्दले समाज सुधारका लागि दिएको योगदानको स्मरण गर्दै प्रधानमन्त्री ओलीले आफू जन्मे हुर्केको समाजमा भएका बेथिति देखेपछि त्यसलाई सुधार गर्नेतर्फ फाल्गुनन्दको निरन्तर प्रयासको प्रशंसा गरेका छन् । 

फाल्गुनन्दले अहिंसात्मक अभियानसमेत सञ्चालन गरेका कारण समाजमा शान्ति कामय गर्न महत्वपूर्ण योगदान गरेको प्रधानमन्त्रीको शुभकामना सन्देशमा उल्लेख छ । यसैगरी किराँत धर्म, साहित्य आदिको प्रचारका लागि फाल्गुनन्दले गरेको खोज र अनुसन्धानको पनि प्रधानमन्त्री ओलीले प्रशंसा गरेका छन् । 

समाज सुधारक फाल्गुनन्दको योगदानको कदर गर्दै सरकारले २०६६ सालमा राष्ट्रिय विभूतिको घोषणा गरेको थियो । खासगरी किराँत धर्मवालम्बीहरुले फाल्गुनन्दलाई प्रेरक व्यक्तित्वको रुपमा समेत सम्मान गर्ने गर्छन् । 

इलामका तीन स्थानीय तहले महागुरु फाल्गुनन्द जयन्तीको अवसरमा आज (आइतबार) सार्वजनिक बिदा समेत दिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *