वीरगञ्ज यातायात कार्यालयका दुई जना बिचौलिया ३१ हजार घुसहित पक्राउ

 

वैशाख १३, काठमाडौं । वीरगञ्ज यातायात व्यवस्था विभाग कार्यालय वीरगञ्जका दुई जना बिचौलिया ३१ हजार घुस रकम सहित समातिएका छन् । 

वीरगञ्ज महानगरपालिका–९ रानीघाट बस्ने ३४ वर्षीय रोशनकुमार रौनियार र बाराको करैयामाई गाउँपालिका–७ उमजन बस्ने २८ वर्षीय सुनिल यादव रंगेहात पक्राउ परेका हुन् । 

null

निज दुई जनाले चालक अनुमति गाडीको लाइसेन्स बनाइदिने आश्वासन दिएर सेवाग्राहीसँग ३१ हजार रुपैयाँ घुस लिएको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । 

वीरगञ्ज महानगरपालिका १३ स्थित शिखर इन्स्योरेन्सको तेस्रो पक्ष बिमा कलेक्सन काउन्टरबाट पक्राउ परेका उनीहरुको साथबाट अख्तियारको टोलीले ३१ हजार नगदसहित केही कागजपत्र समेत बरामद गरेको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली केही दिनअघि मात्रै नारायणी अस्पताल पुगेको थियो । नारायणी अस्पतालले खरिद गरेको किलिया मेसिन खरिदबारे उजुरी परेपछि टोलीले अस्पताल पुगेर छानबिन गरेको थियो । 

उक्त टोलीले अस्पतालबाट किलिया मेसिन खरिदसँग सम्बन्धित कागजपत्रको प्रतिलिपि लिएर आएको अख्तियारका प्रवक्ता देवकुमार राईले जानकारी दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *